हसिमको शतकले टरेन हार, प्रधानमन्त्री कपको सेमीफाइनल समीकरण पुरा

hasim ansari
  • विकेटनेपाल , जेठ-२०

मध्यमान्चल विकास क्षेत्र टिमलाई ६ विकेटले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ) तेश्रो जितको साथ समुह ‘ए’ को बिजेताको रुपमा प्रधानमन्त्री कप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ l   स्कोरकार्ड , अंकतालिका 

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ l सोमबार हुने सेमीफाइनलमा समुह ‘ए’ बिजेता एपीएफले समुह ‘बि’ को उपविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ भने मंगलबार दोश्रो सेमीफाइनलमा समुह ‘बि’ को बिजेता त्रिभुवन आर्मी क्लबले समुह ‘ए’ उपविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ l

टियु मैदानमा टस जितेर बलिंग गर्ने निर्णय लिएको एपीएफले सुरुवात देखि मध्यमाञ्चललाई दबाबमा राख्यो l हरिशंकर शाह ( ८ ) , सुमित महर्जन ( १ ) इशान पाण्डे ( ७ ) , भुपेन्द्र थापा ( १ ) रनमा आउट हुँदा पहिलो ४ विकेट मध्यमाञ्चलले १४ औ ओभरमा ३४ रनको स्कोरमै गुमायो l

त्यसपछि पाँचौ विकेटको लागि सोनु तामांगले हसिम अन्सारीसंग ४१ रनको साझेदारी गरे l तामांग २२ औओभरमा भुवन कार्कीको बलमा अनिल शाहबाट क्याच आउट भए जसले २७ रन बनाउदा २ चौका र २ छक्का प्रहार गरे l

anil sah
Anil Sah

त्यसपछि संसाद आलम ( २ ) , सशी केशरी ( ० ) र किशोर महतो (  ९ ) ले लगातार विकेट गुमाए l ३३ औ ओभरमा १०४/८ को स्थितिमा रहेको मध्यमाञ्चलको इनिंगलाई हसिम र रशिद खानले अघि बढाए l ४९ औ ओभरमा विकेट गुमाउनु अघि हसिम अन्सारीले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दै रशिद संग नवौ विकेटको लागि ८३ रनको महत्वपूर्ण साझेदारी समेत गरे l

शरद भेसावकर घाइते भएपछि उनको सट्टा कप्तानी सम्हालेका हसिम अन्सारीले १०१ रनको इनिंग खेल्ने क्रममा १२४ बलमा १२ चौका र १ छक्का प्रहार गरे l रशिद खानले ११ रन प्रहार गरे l

एपीएफ कप्तान ज्ञानेन्द्र मल्लले १० ओभरमा २ मेडन ओभर सहित ४० रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारे l यस्तै अविनाश बोहरा, भुवन कार्कीले २-२ विकेट हात पारेका थिए l

gyanendra malla

१८८ रन लक्ष पछ्याएको एपीएफले राम्रो सुरुवात पायो l ओपनर आसिफ शेखले २२ र सन्दिप सुनारले ४१ रन योगदान दिए l तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ७८ रन बनाउदै टिमलाई जित सम्म डोर्याए l ८५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका शाहले पाचौ विकेटको लागि ज्ञानेन्द्र मल्लसंग ७३ रनको साझेदारी गरे l पृथु बास्कोटा ( २ ) र प्रदिप ऐरी ( १ ) रनमा आउट भएपछि २५ ओभरमा ११५/४ को अवस्थाबाट ब्याटिंग गर्न आएका ज्ञानेन्द्र २८ रन बनाउदै अविजित रहे l

मध्यमाञ्चलको लागि लामो समय पछि एकदिवसीय घरेलु क्रिकेटमा कमब्याक गरेका लेग स्पिनर शशी कसरीले ३ विकेट हात पारे l

खेलको म्यान अफ द म्याच ज्ञानेन्द्र मल्ल घोषित भए l





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]