हयातको बिष्फोटक ब्याटिंग, बिराटनगर बन्यो फाईनल पुग्ने पहिलो टोलि

  • विकेटनेपाल, पौष १२ – बुधबार 

भैरहवा ग्लाडीएटर्सलाई ८ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले टि.भि.एस. एभरेस्ट प्रिमियर लिगको फाईनलमा स्थान सुरक्षित गरेको छ। किर्तिपुर मैदानमा सम्पन्न दिनको पहिलो क्वालिफायर खेलमा बिराटनगरले भैरहवालाई एकतर्फी देखिएको खेलमा पराजित गर्यो।

भैरहवाले दिएको १२८ रनको सामान्य बिजय लक्ष्यलाई पछ्याउने क्रममा बिराटनगर वारियर्सले १७ ओभरमा मात्र २ विकेट गुमाउंदै लक्ष्य भेट्टायो। बिराटनगर वारियर्सलाई जितको रेखा सम्म पुर्याउन बाबर हयातले बिष्फोटक ब्याटिंग गरे।

भैरहवाका बलरलाई मैदानको सबै कुनामा प्रहार गरेका हयातले मात्र ४४ बलमा ६२ रन जोडे। खेलको म्यान अफ द म्याच समेत बनेका हयातले पुनित मिश्रको बलमा बोल्ड हुनअघि ४ चौका र ५ छक्का प्रहार गरे। प्रतियोगितामै उत्कृस्ट लयमा रहेका हयातले अन्शुमान राथसंग दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गर्दै बिराटनगरलाई सहज जित सम्म पुर्याउन सफल भए।

प्रतियोगितामै बिराटनगरको लागि चिन्ताको बिषय बन्दै आएको ओपनिंग जोडी भने आजपनि जम्न सकेन। २ बल खेलेर खाता खोल्न नपाउंदै आशिफ शेख आउट भएपनि हयात र अन्शुमानको साझेदारीले बिराटनगरलाई जित सम्म पुग्न सहज बनायो।

एकछेउ बाट कसिलो ब्याटिंग गरेका अन्शुमन राथले नट आउट २६ रन जोडे। ३२ बल खेलेका राथले २ चौका प्रहार गरे। यस्तै पारस खड्काले पनि बिराटनगरको जितमा नट आउट ४२ रनको योगदान गरे। मात्र २४ बल खेलेका खड्काले २ चौका र ४ छक्का प्रहार गरे।

फिक्का देखिएको भैरहवाको बलिंगमा पुनित मिश्र र हरिशंकर साहले समान १-१ विकेट लिए। ४ ओभरमा २३ खर्चेका हरिशंकर साहले आशिफ शेखको विकेट लिंदै बिराटनगरलाई सुरुवाती झड्का दिएपनि अन्य बलरले राम्रो साथ दिन सकेनन्।

यसअघि टस जित्दै बिराटनगर वारियर्सका कप्तान पारस खड्काले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भैरहवाले निर्धारित २० ओभरमा १२८ रन मात्र जोड्न सक्यो। भैरहवाका लागि आरिफ शेख र पुनीत मिश्र बाहेक अन्य ब्याट्समेन चल्न नसक्दा, शरद भेष्वाकरको टोलि ठुलो स्कोर बनाउन बाट चुक्यो।

टोलीको स्कोर मात्र ३ रन हुँदा भुपेन्द्र थापाको रुपमा पहिलो विकेट गुमाएको भैरहवाले थप १५ रन जोड्दा दोस्रो विकेटका रुपमा बिदेशी खेलाडी राहुल यादवलाई गुमाएको थियो। टिमको स्कोर १८ रन हुँदानै कप्तान शरद भेष्वाकरपनि पभेलीयन फर्किएपछि भैरहवा थप शंकटमा पर्यो। युवा खेलाडी रोहित पौडेलले पनि खेलमा प्रभाव जमाउन सकेनन्। मात्र ९ बल खेल्दै ६ रन जोडेर उनि आउट भए।

रोहित पौडेलको विकेट पछि ब्याटिंग गर्न आएका आरिफ शेखले पुनित मिश्रसंग ८२ रनको साझेदारी गर्दै भैरहवाको इनिंगलाई उकास्ने प्रयास गरे। ३५ बल खेलेका शेखले १ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे। सुरुवातमा सम्हालिएर ब्याटिंग गरेका उनले इनिंगको अन्त्य तर्फ ठुला सट खेल्नबाट पछि हटेनन्।

यस्तै भैरहवाको इनिंगमा शिर्ष योगदान गर्ने क्रममा पुनित मिश्रले ४९ रन जोडे। आरिफसंग उत्कृस्ट साझेदारी गरेका मिश्रले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। भैरहवाका लागि यी दुई ब्याट्समेन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कसिलो बलिंग गर्ने क्रममा बिराटनगरका कारण केसी र साहन अदिशाले समान २-२ विकेट लिए। ४ ओभर बलिंग गरेका कारणले ३६ रन खर्चंदा अदिशाले भने २९ रन मात्र खर्चिए। बसन्त रेग्मीले मात्र १८ रन खर्चेर १ विकेट लिंदा पारस खड्का र अभिनास कर्णले भने क्रमश १५ रन र २८ रन खर्चेर समान १-१ विकेट लिएका थिए।

यो संगै बिराटनगर वारियर्सले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम नै राखेको छ। बिराटनगरले अब शनिवार हुने फाईनल खेलमा दोस्रो क्वालीफायर खेलको बिजेता र भैरहवा ग्लाडीएटर्स बिचको खेलको बिजेतासंग खेल्ने छ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]