ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ।

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा न्यू भिजन क्लबलाई ३७ लाई पराजित गर्दै ग्रेट हिमालय फाइनलमा प्रवेश गरेको हो।

पहिला ब्याटिङ गरेको ग्रेट हिमालयले ३६ ओभरमा सवै विकेट गुमाएर १४८ रन बनाएको थियो।

ग्रेट हिमालयका लागि इशान पाण्डेले सर्वाधिक ६६ रनको अर्धशतकीय पारि खेल्दा अन्य ब्याटरको प्रदर्शन खास रहेन। विराज यादवर र किर्तन अधिकारीले १५–१५ रन बनाएका थिए।

न्यू भिजनका मोनसन सिंहले सर्वाधिक ५ विकेट लिए भने जवयाङ लामाले ३ विकेट हात पारे।

१४९ रनको लक्ष्यसहित मैदान उत्रिएको न्यू भिजन क्लबका लाजि जवयाङ लामाले सर्वाधिक ४६ रन बनाउँदा अन्य ब्याटर खुलेर खेल्नै सकेनन्। अन्ततः न्यू भिजन ३७.२ ओभरमा सवै विकेट गुमाएर १११ रनमा समेटिन पुग्यो।

ग्रेट हिमालयका लागि किरण बुढा मगरले सर्वाधिक ५ विकेट लिँदा इशान पाण्डे र सन्जन बैठाले दुई दुई विकेट लिए। ग्रेट हिमालयएले उपाधिका लागि एक्सिलेन्स सेन्टरसँग प्रतिस्पर्धा गर्ने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy