ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ।

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा न्यू भिजन क्लबलाई ३७ लाई पराजित गर्दै ग्रेट हिमालय फाइनलमा प्रवेश गरेको हो।

पहिला ब्याटिङ गरेको ग्रेट हिमालयले ३६ ओभरमा सवै विकेट गुमाएर १४८ रन बनाएको थियो।

ग्रेट हिमालयका लागि इशान पाण्डेले सर्वाधिक ६६ रनको अर्धशतकीय पारि खेल्दा अन्य ब्याटरको प्रदर्शन खास रहेन। विराज यादवर र किर्तन अधिकारीले १५–१५ रन बनाएका थिए।

न्यू भिजनका मोनसन सिंहले सर्वाधिक ५ विकेट लिए भने जवयाङ लामाले ३ विकेट हात पारे।

१४९ रनको लक्ष्यसहित मैदान उत्रिएको न्यू भिजन क्लबका लाजि जवयाङ लामाले सर्वाधिक ४६ रन बनाउँदा अन्य ब्याटर खुलेर खेल्नै सकेनन्। अन्ततः न्यू भिजन ३७.२ ओभरमा सवै विकेट गुमाएर १११ रनमा समेटिन पुग्यो।

ग्रेट हिमालयका लागि किरण बुढा मगरले सर्वाधिक ५ विकेट लिँदा इशान पाण्डे र सन्जन बैठाले दुई दुई विकेट लिए। ग्रेट हिमालयएले उपाधिका लागि एक्सिलेन्स सेन्टरसँग प्रतिस्पर्धा गर्ने छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]