नेपालको प्रदर्शनलाई आईसीसीले दियो ‘सी’ ग्रेड, २ खेलाडीको प्रशंसा

Nepal Cricket Team
  • विकेटनेपाल, ४ चैत -आइतबार

आईसीसी बिश्वकप छनौट प्रतियोगितामा आठौं स्थान हाँसिल गरेको नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रदर्शन मूल्यांकन गर्दै रिपोर्ट कार्ड दिएको छ।

आइतबार आईसीसीले आफ्नो वेबसाइट मार्फत प्रतियोगितामा ६ मध्ये २ खेल मात्र जित्न सकेको नेपाली टिमलाई समग्रमा ‘सी’ ग्रेड दिएको छ। यस्तै सुपर सिक्स पुग्न असफल अर्को देश नेदरल्याण्डलाई पनि ‘सी’ ग्रेडनै दिंदा पपुवा न्यु गिनीलाई र हंगकंगलाई ‘डी’ ग्रेड दिएको छ।

प्रतियोगिताको समुह चरणमा नेपालले जिम्बाबेसंग ११६ रनले, स्कटल्याण्ड ४ विकेटले तथा अफगानिस्तानसंग ६ विकेटले हार बेहोरेको थियो। त्यसपछि हंगकंगलाई ५ विकेटले तथा पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको नेपालले सातौं स्थानको लागि शनिबार भएको खेलमा नेदरल्याण्डसंग ४५ रनको हार बेहोर्दै प्रतियोगिता आठौँ स्थानमा अन्त्य गरेको थियो।

आईसीसीले रिपोर्ट कार्डमा यस्तो लेखेको छ :- 

– नेपालको सकारात्मक पक्ष 

धेरै खेलमा हारको बाबजुत पनि प्रतियोगितामा कुनै टिमले सम्भावना देखाएको छ र फाइदा उठाएको छ भने त्यो नेपाल हो। बिश्वकप छनौट प्रतियोगितामा नेपाल नाटकीय तरिकाले छानिएको थियो र छनौट प्रतियोगिता अन्त्य हुँदा अझ बढी कुरा पाएको छ त्यो २०२२ सम्मको लागि एकदिवसीय राष्ट्रको मान्यता हो।

Nepal Cricket Team
Nepal Cricket Team

नेपालको क्रिकेट विकासमा सबैभन्दा सकारात्मक कुरा १७ बर्षिय लेग स्पिनर सन्दिप लामिछाने हुन्। नेपालको दुवै जितमा अहम भूमिका निभाएका लामिछानेले कुल १३ विकेट लिए जुन क्रममा हंगकंगलाई पराजित गर्दा १७ रन दिएर ३ विकेट तथा पपुवा न्यु गिनीसंग अझै राम्रो २९ रन दिएर ४ विकेट लिएका थिए।

– नेपालले सुधार्नुपर्ने पक्ष

सन्दिप बाहेक नेपालले बलिंगमा उत्कृस्ट प्रदर्शन गर्न सकेन र ब्याटिंगमा पनि पारस खड्काको एक्लो नेतृत्व रह्यो। जिम्बाबेसंग नेपालले ३८० रन दियो र ११६ रनको हार बेहोर्यो। ब्याट्सम्यानहरु स्कटल्याण्ड र अफगानिस्तानसंग ठुलो योगफल बनाउन असफल रहे र बलरहरुले पनि उत्कृस्ट प्रदर्शन नगर्दै दुवै टिमसंग हार बेहोर्नुपर्यो। बलरहरुले सुरुवाती विकेटहरु दिलाउन नसक्नु चिन्ताको बिषय हो त्यसपछि कप्तान पारस खड्का जसले ६ खेलमा कुल २३१ रन बनाए, त्यस बाहेक अन्य ब्याट्सम्यानहरुले खासै रन बनाउन सकेनन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन्दिपको प्रसंशा 

प्रतियोगितामा सन्दिप लामिछानेको प्रदर्शनको चर्चा गर्दै आईसीसीले यस्तो लेखेको छ –

सन्दिपबाट प्रतियोगितामा राम्रो प्रदर्शनको आशा गरिएको थियो जसअनुसार उनले नेपालको लागि सर्वाधिक विकेट लिए जुन क्रममा ६ खेलमा १३ विकेट आफ्नो नाम गरे। ४.१४ को इकोनोमिले बलिंग गरेका मात्र १७ बर्षिय लामिछानेले जहाँ पनि खेल्दा चर्चा कमाएका छन्। नेपालले खेलेको सबैभन्दा ठुलो प्रतियोगिता मध्ये एक प्रतियूगितामा सन्दिपले कप्तान पारस खड्कासंग काँधमा काँध मिलाएर प्रदर्शन गरे र नेपाललाई अघि बढाए। यो पक्कै पनि युवा प्रतिभाशाली बलरको लागि राम्रो संकेत हो।

धेरैले पढेको :-





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]