मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी जितेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा मधेशले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि कृष्ण पासीले ३२, सुरज धितालले २५, युवराज सेन ओलीले २२, सबिर अहमदले १९ र दीपेन्द्र थापाले १६ रन बनाए।

मधेशका लागि मुनाल यादव र युवराज शर्माले समान दुई तथा दिपेश रायले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो।

मधेशका लागि मुनाल यादवले ३२, कप्तान कमलेश मण्डल धानुकले २९, संजय साहले २५ तथा दिपेश राय र हेमु यादवले समान २२ रन बनाए।

लुम्बिनीका लागि रोहित धितालले तीन, अनुपकुमार निशाद र युवराज सेन ओलीले समान दुई तथा रविन गौडेल र सुरज धितालले समान एक विकेट लिए।

लुम्बिनी प्रदेशका युवराज सेन ओली प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । यसैगरी मधेशका दिपेश राय उत्कृष्ट ब्याटर तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका पशुपति मल्ल उत्कृष्ट बलर घोषित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy