मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी जितेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा मधेशले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि कृष्ण पासीले ३२, सुरज धितालले २५, युवराज सेन ओलीले २२, सबिर अहमदले १९ र दीपेन्द्र थापाले १६ रन बनाए।

मधेशका लागि मुनाल यादव र युवराज शर्माले समान दुई तथा दिपेश रायले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो।

मधेशका लागि मुनाल यादवले ३२, कप्तान कमलेश मण्डल धानुकले २९, संजय साहले २५ तथा दिपेश राय र हेमु यादवले समान २२ रन बनाए।

लुम्बिनीका लागि रोहित धितालले तीन, अनुपकुमार निशाद र युवराज सेन ओलीले समान दुई तथा रविन गौडेल र सुरज धितालले समान एक विकेट लिए।

लुम्बिनी प्रदेशका युवराज सेन ओली प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । यसैगरी मधेशका दिपेश राय उत्कृष्ट ब्याटर तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका पशुपति मल्ल उत्कृष्ट बलर घोषित भए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]