आइजिपी कप क्रिकेट : सुदुरपश्चिम र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सुखद् सुरुआत

काठमाडाैँ । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुखद् सुरुआत गरेका छन्।

मंगलबार भएको उद्घाटन खेलमा कर्णाली प्रदेश प्रहरी कार्यालयलाई सुदूरले १० विकेटले पराजित गरेको हो। लो स्कोरिङ खेलमा सुदूरपश्चिमका पेस बलर हाबी भए। दोस्रो खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमले बागमती प्रदेश प्रहरी कार्यालयमाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको छ।

उक्त खेलमा तीन अर्धशतक बनेको थिए। लुम्बिनीका युवराज सेन वलीले प्रतियोगिताको पहिलो अर्धसतक पूरा गरे। १५९ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा सुरूआती दुई विकेट गुमाएर पनि सम्हालिएको बागमतीले अन्तिम ओभरमा नौ रन बनाउन नसक्दा पराजय बेहोरेको हो।

सुरुआती तीन विकेट पतनपश्चात विजय घलान र सविन घर्तीमगरको साझेदारीले एक समय जितनजिक पुगेर पनि बागमती अन्तिम ओभरमा चुकेको हो। विजयले अविजित ८२ रन बनाए। सविनले ५३ रनको योगदान दिए।

५० बलमा ८२ रन र तिन विकेट लिन सफल विजय घलान प्लेयर अफ द म्याच भए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यलगायत सिनियर प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।

उद्घाटन खेलका अम्पायर धर्म सुन्दर शाक्यलाई बल हस्तान्तरण गरी समुद्घाटन भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाल प्रहरीका खेलाडीहरूले दिलाएको सफलताको स्मरण गर्दै यस प्रतियोगिता संचालनमा नेपाल क्रिकेट संघ (क्यान) ले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy