नेपालको समुहमा भारत र बंगलादेश

  • विकेटनेपाल, १४ कार्तिक – मंगलबार 

मलेसियामा नोभेम्बर ९ तारिक देखि सुरु हुने यु-१९ युथ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने भएको छ।

८ टिम सहभागी हुने प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

प्रतियोगिताको पुरा खेल तालिका

प्रतियोगिताको तयारीको लागि नेपाली टिम हाल बंगलादेशमा रहेको छ। बंगलादेशबाट ६ तारिकमा नेपाल फर्किएपछि ८ तारिकमा नेपाली टिम मलेसिया पुग्ने कार्यक्रम रहेको छ।

बंगलादेशमा नेपाली टिमले बंगलादेश यु-१९ टिमसंग ३ वटा एकदिवसीय खेलको सिरिज खेल्नेछ। त्यहाँ नेपालले नोभेम्बर २, ४ र ५ तारिकमा अभ्यास खेल खेल्नेछ।

युथ एसिया कपको लागि आइतबार नेपाली टिमको घोषणा गरिसकेको छ । टिममा जितेन्द्र सिंह ठकुरी र रासिद खानले पहिलो पटक नाम लेखाएका छन् । सेप्टेम्बरमा एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा टिममा रहेका ब्याट्सम्यान सन्दिप जोरा र लेग स्पिनर बिक्रम भुसालले यो पटक टिममा स्थान बनाउन सकेनन्।  विकेटकिपर ब्याट्सम्यान प्रकास केसी र दायाँ हाते तिब्र गति बलर कमल सिंह ऐरीले टिममा कम्ब्याक गरेका छन्।

रासिद खान

दिपेन्द्र ऐरीको कप्तानी रहने नेपाली टिममा रासिद खान, कमल सिंह ऐरी, किशोर महतो गरि ३ जना तिब्र गति बलर छन् भने शाहब आलम भिम शार्की, सन्दिप लामिछाने, पवन सर्राफ गरि ४ जना स्पिनर रहेका छन् । यस्तै कप्तान ऐरी, रोहित पौडेल, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, आसिफ शेख, प्रकास केसी गरि ७ जना ब्याट्सम्यान १५ जना भित्र अटाएका छन्।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

प्रशिक्षक : बिनोद दास

 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]