६ विकेटले जित्यो भारत : यु-१९ एसिया कप

nepal cricket team

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा नेपाल भारतसँग छ विकेटले पराजित भएको छ । पराजित हुँदै नेपाल प्रतियोगितामा लगातार दोश्रो हार बेहोर्दै समुह चरणबाट बाहिरिएको छ l

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको भारतले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै १७४ रन बनायो ।

भारतका लागि शुभम गिलले ५७ रन, हिमांशु रानाले ५१ तथा प्रियम रागले ३६ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले ३४, ओपनर आसिफ शेखले १८, प्रकाश केसीले १३ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । बलिङतर्फ भारतका राहुल चाहरले पाँच विकेट लिए ।





थप समाचार

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार […]

जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुरा 

बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। प्रतियोगिताको शुक्रबार समुह चरणको […]

महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङको खेल रद्द

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान […]