६ विकेटले जित्यो भारत : यु-१९ एसिया कप

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा नेपाल भारतसँग छ विकेटले पराजित भएको छ । पराजित हुँदै नेपाल प्रतियोगितामा लगातार दोश्रो हार बेहोर्दै समुह चरणबाट बाहिरिएको छ l

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको भारतले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै १७४ रन बनायो ।

भारतका लागि शुभम गिलले ५७ रन, हिमांशु रानाले ५१ तथा प्रियम रागले ३६ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले ३४, ओपनर आसिफ शेखले १८, प्रकाश केसीले १३ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । बलिङतर्फ भारतका राहुल चाहरले पाँच विकेट लिए ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy