पाकिस्तानमा भारतले एसिया कप नखेले भारतमा हुने विश्वकप पनि पाकिस्तानले नखेल्ने चेतावनी !

काठमाडौँ । भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मंगलबार भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो।

मुम्बईमा भएको बिसिसिआईको ९१ औँ वार्षिक साधारण सभामा बिसिसिआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले एसिया कप फरक ठाउँमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।उनले एसिया कप २०२३ तटस्थ स्थानमा हुने बताए।

‘भारत एसिया कपमा तटस्थ स्थानमा खेल्नेछ,’ मंगलबार मुम्बईमा बीसीसीआईको वार्षिक साधारण सभापछि पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा जय शाहले भने, ‘म एसिसीको अध्यक्षको हैसियतले भन्दैछु। भारत पाकिस्तान जान सक्दैन। तिनीहरू यहाँ आउन सक्दैनन्। विगतमा पनि एसिया कप तटस्थ भूमिमा खेलिएको छ।’

पूर्व निर्धारित समय तालिकाअनुसार एसिया कपको पाकिस्तानमा हुने र यो निर्णय एसियाली क्रिकेट काउन्सिल (एसीसी) को कार्यकारी समितिमा रहनेछ।

यसैबीच पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेट पाकिस्तानले नखेल्ने बताएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार जय शाहको पछिल्लो भनाई पछि पाकिस्तान ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेका छ।

‘पीसीबी अब कडा निर्णय लिन तयार छ। हामीलाई थाहा छ यदि पाकिस्तानले यी टूर्नामेन्टमा खेलेन भने आईसीसी र एसीसी इभेन्टहरूले आर्थिक दायित्व बेहोर्नुपर्नेछ,’ राजाले भने।

जय शाहको भनाइमा पीसीबीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिए पनि पीसीबीका प्रवक्ताले आगामी महिना अष्ट्रेलियामा हुने आईसीसीको बोर्ड बैठकमा यस विषयमा कुरा राख्ने बताए। ‘हामीसँग अहिले केही भन्नु छैन तर अर्को महिना मेलबर्नमा हुने आईसीसी बोर्ड बैठकमा यस विषयमा छलफल गर्नेछौँ।’

विगतमा पनि एसिया कप तटस्थ स्थानमा आयोजना हुँदै आएको छ। आर्थिक संकटमा फसेको श्रीलंकाले घरेलु भूमिमा एसिया कप गर्न नसकेपछि गत महिना युएईमा २०२२ को एसिया कप आयोजना भएको थियो।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण यी दुई देशले एसिया कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्दै आएका छन्।

गत महिना भएको एसिया कपमा दुवै टोलीले एकअर्काविरुद्ध दुई खेल खेलेका थिए। यस्तै आगामीआइतबार यी दुई टोलीबीच टी-२० विश्वकपमा भिड्दैछन्।

सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तान भ्रमण गरेको छैन। पाकिस्तानी टोली पछिल्लो पटक सन् २०१२ मा द्विपक्षीय शृङ्खलाका लागि भारत आएको थियो।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]