इन्टर कलेज इन्डोर क्रिकेट : व्हाइटहाउस र ओजस्वीको दोहोरो जित

टेक्सास कलेजको आयोजनामा काठमाडौँमा सुरु भएको इन्टर-कलेज इन्डोर क्रिकेट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन हिमालयन व्हाइट हाउस, ओजस्वी, ब्रम्हास्मी ‘बि’ , नेपाल मेघा कलेजले जित हाँसिल गरेका छन्।

समुह ‘सी’ अन्तर्गत रहेको हिमालयन व्हाइट हाउसले दोहोरो जित हात पार्ने क्रममा नेपाल मेघा कलेजलाई ६ विकेटले तथा केसीएमलाई १३९ रनले पराजित गर्यो। दुवै खेलमा विवेक यादब प्लेयर अफ द म्याच चुनिए जसले पहिलो खेलमा १ विकेट तथा २२ रन बनाए भने दोश्रो खेलमा ७८ रन बनाउनुको साथै २ विकेट समेत लिएका थिए।

Bibek Yadav

समुह ‘डी’ अन्तर्गतको खेलमा ओजस्वी कलेजले पनि दोहोरो जित दर्ता गर्ने क्रममा टेक्सास कलेजलाई १०९ रनले तथा ब्रम्हास्मी ‘बि’ लाई ७ विकेटले पराजित गर्यो। यस्तै ब्रम्हास्मी ‘बि’ ले टेक्सास कलेजलाई ५३ रनले पराजित गर्यो। बुधबारै सम्पन्न समुह ‘सी’ अन्तर्गतको खेलमा नेपाल गेघा कलेजले केसीएमलाई २२ रनले पराजित गर्यो।

कुल २४ कलेज सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ६ वटा समुहमा बिभाजन गरिएको छ।

प्रतियोगिताको विजेताले ५१ हजार तथा उप-विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको उत्कृस्ट हुने खेलाडीलाई प्रिसीयस ट्राभल एण्ड टुरले पोखराको टु-वे टिकट तथा लजिंग- फुडिंगको व्यवस्था गर्नेछ। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानलाई समेत पोखराको वान-वे टिकट प्रदान गर्नेछ। यस्तै इपिएल टि-२० टिम काठमाडौँ किंग्स-११ ले प्रतियोगिताको ३ जना उत्कृस्ट खेलाडीहरुलाई टिमको बन्द सत्रमा मौका दिनेछ। आईफ्लिक्सले प्रतियोगिताको उत्कृस्ट खेलाडीलाई १ वर्ष तथा प्लेयर अफ द म्याचहरुलाई ३ महिना निशुल्क सब्स्क्रिप्सन प्रदान गर्नेछ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy