एनकासा इन्टर फर्म टी २० : एनबिएसएम र जेएसएन/बगा बिजयी

  • विकेटनेपाल – ९ माघ, मंगलवार

किर्तिपुर स्थित लैबोरेटरी स्कुलको खेलमैदानमा जारि सातौ एनकासा इन्टर फर्म टी २० क्रिकेट टूर्नामेन्टमा दोस्रो दिनका खेल सम्पन्न भएका छन्। नेपाल चार्टर्ड अकाउंटेंट बिद्यार्थी संगठन एनकासाको आयोजना भैरहेको प्रतियोगितामा आज भएका खेलमा एनबिएसएम र जीएसएनएस बगाले ले जित हात पारे।

आज भएको दिनको पहिलो खेलमा एनबिएसएमले एलएसपि एसोसिएट्स माथि १० विकेटको सहज जित हात पार्यो। पहिले ब्याटिंग गर्दै एसोसिएट्सले दिएको ५५ रनको झिनो लक्ष्य एन बि एस एमले ४.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा पुरा गर्यो।

यसअघि पहिले ब्याटिंग गरेको एलएसपी एसोसिएट्सले खराव प्रदर्शन गर्दै झिनो स्कोर मात्र जोडेको थियो। मात्र ५४ रन बनाउँदा एसोसिएट्सले सबै विकेट गुमाएको थियो। खेलको म्यान अफ दि म्याच एनबिएसएमका सुरज दास घोसित भए।


यस्तै आजनै सम्पन्न दिनको दोस्रो खेलमा भने जेएसएन/ एस बगाले कुबेर एण्ड क. माथि ८ विकेटको सानदार जित हार पार्यो।

कुबेर एण्ड क.ले दिएको ७३ रनको लक्ष्य जेएसएन/ एस बगाले मात्र ८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जेएसएन/एस को जितमा खेलका म्यान अफ द म्याच राजन डाँगीले उत्कृस्ट प्रदर्शन गरे। यसअघि पहिले ब्याटिंग गरेको कुबेर एण्ड क.ले भने निर्धारित १५ ओभरमा ९ विकेट गुमाउंदै ७२ रन मात्र जोडको थियो।

प्रतियोगिताकै क्रममा आज भएको मैत्रीपूर्ण खेलमा भने एनकासाले जित हात पारेको छ। एक्यान बिरुद्धको मैत्रीपूर्ण खेलमा ऋषि पोखरेलले उत्कृस्ट प्रदर्शन गर्दा एनाकासाले जित हात पार्यो। एक्यानले दिएको ९३ रनको लक्ष्य एनकासाले ५ विकेट गुमाउंदै भेट्टाएको थियो। ब्याटिंगतर्फ ४९ रन र बलिंग तर्फ २ विकेट लिएका ऋषि पोखरेल खेलको म्यान अफ द म्याच घोसित भएको कार्यक्रम संयोजक रमेश पन्थीले जानकारी दिनुभयो।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]