प्रनित थापा र गौरभ खड्काको अर्धशतकमा बालुवाटार र आईओईको बिजयी सुरुवात

  • विकेटनेपाल – १८ माघ, बिहिवार

खुकुरी च्यालेंजर्स कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार दुई खेलहरु सम्पन्न भएका छन् जसमा आईओई पुल्चोक र बालुवाटार क्रिकेट क्लबले जित दर्ता गरे।

पहिलो खेल: लर्ड बुद्ध क्रिकेट क्लब Vs आईओई पुल्चोक

प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आईओई पुल्चोकले लर्ड बुद्ध क्रिकेट क्लबमाथि ७ विकेटको जित हात पार्यो।

जितका लागि लर्ड बुद्धले दिएको १४० रनको लक्ष्य आईओई पुल्चोकले खेल सकिन ४ बल अघि ३ विकेट गुमाउंदै भेट्टायो। आईओईको जितमा म्यान अफ दि म्याच गौरभ खड्काले अर्ध-शतकीय पारि खेले। ४४ बल खेलेका गौरभले ४ चौका तथा १ छक्काको सहयोगमा ५० रन जोडेका थिए।

टोलीको खातामा मात्र १ रन हुँदा आईओईको पहिलो विकेट स्वरूप अमन नाथ मण्डल पभेलियन फर्किए। लर्डबुद्धलाई प्रसुन थापा मगरले पहिलो सफलता दिलाउन सफल भए। त्यसपछि भने दोस्रो विकेटका लागि पंकज कुमार दास ४४ (५०) र गौरभ खड्काले ८२ रनको साझेदारी गर्दै आईओईलाई जिततर्फ लगे।

लर्ड बुद्धका लागि कृष्ण गजुरेलले २ तथा प्रसुन थापा मगरले १ विकेट हात पार्न बाहेक अन्य बलरको खाता खालि रह्यो।

यसअघि आईओई पुल्चोकले टस जित्दै पहिले बलिंगगर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको लर्ड बुद्ध क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १३९को योगफल तयार गरेको थियो।

लर्डबुद्धका लागि अबिसेश थापा मगर र एम श्रीवास्तभले समान ३४-३४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन्। पहिलो विकेटका लागि अबिसेश थापा मगर र बिनोद खड्का २८ (२५) ले ६० रनको साझेदारी गर्दै टोलिलाई राम्रो सुरुवात दिएका थिए। तर मध्यक्रमका ब्याट्सम्यान क्रिजमा जम्न नसक्दा लर्ड बुद्ध ठुलो स्कोर बनाउनबाट चुकेको थियो।

आईओई पुल्चोकका लागि चिरन्जीवी पाण्डे र नवराज न्यौपानेले समान २-२ विकेट चट्काएका थिए।

 

दोस्रो खेल : त्रिमुर्ति बोईज vs बालुवाटार क्रिकेट क्लब

मुलपानी मैदानमा नै सम्पन्न दिनको दोस्रो खेलमा बालुवाटार क्रिकेट क्लबले त्रिमुर्ति बोईज बिरुद्ध १० विकेटको सहज जित हात पार्यो।

टस जित्दै पहिले ब्याटिंगमा उत्रिएको त्रिमुर्ति बोईजले खराव ब्याटिंग प्रदर्शन गरेको थियो। निर्धारित २० ओभरमा सबै विकेट गुमाउन अघि त्रिमुर्तिले मात्र ८९ रन जोड्न सकेको थियो।

हिमान्शु दत्तले २३, कौशल मिश्रले ११ र अर्जुन पौडेलले १० रन जोड्न बाहेक त्रिमुर्तिका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर जोड्ने मौका नै पाएका थिएनन्। बालुवाटारका बलरले लगातार रुपमा विकेट निकाल्दा त्रिमुर्तिका ब्याट्सम्यानले साझेदारी बनाउने मौका पाएका थिएनन्।

बालुवाटारका क्षितिज सिंहले ३ तथा अमर सिंह रोउटेला २ विकेटलिंदा त्रिमुर्तिका ब्याट्सम्यान जवाफबिहिन बनेका थिए। ४ ओभरको स्पेलमा क्षितिजले २५ रन खर्चदै ३ विकेट निकाल्दा अमरले भने समान ४ ओभरमा १६ रन खर्चेर २ विकेट हात पारेका थिए।

जवाफमा मात्र ९० रनको लक्ष्य बालुवाटारले ९.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। बालुवाटारको ब्याटिंगमा म्यान अफ दि म्याच प्रनित थापा मगरले अविजित ५८ रन प्राहार गरे। यस्तै अर्का ओपनर सुमन यादवले अविजित २६ रन जोडे।

बिष्फोटक ब्याटिंग गरेका प्रनितले मात्र ३३ बलमा ९ चौका र २ छक्का सहित ५८ रन जोडे। यस्तै उनका ओपनिंग पार्टनर सुमनले भने २२ बलमा ३ चौकाको सहयोगमा २६ रन जोड्न सफल भए।

अंकतालिका

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
IOE Pulchowk 1 1 0 0 3
Baluwatar Cricket Club 1 1 0 0 3
Lord Buddha Cricket Club 1 0 1 0 0
Trimurty Boys 1 0 1 0 0
Royal PC Fighter

भोलि (शुक्रवार) हुने खेलहरु :

पहिलो खेल –  त्रिभुवन आर्मी क्लब vs आईओई थापाथली
दोश्रो खेल –  मलपोखरी क्रिकेट क्लब vs अल्टिमेट इन्डोर क्रिकेट


खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ। २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ : टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]