IPL : गुजरातको पहिलो हार

इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत गय राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले गुजरात टाईटन्सलाई पहिलो हार चखाएको छ। यस अघि तिन वटै खेलमा गुजरात विजयी भएको थियो।

मुम्बईको डीवाई पाटिल स्टेडियममा गुजरातले दिएको १६३ रनको लक्ष्य हैदरावादले २ विकेट क्षेतीमा १९.१ ओभरमा भेटायो।

हैदरावादको लागि कप्तान केन विलियमसनले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४६ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै अभिषेक शर्माले ३२ बलमा ४२ तथा निकोलस पुरनले १८ बलमा अविजित ३४ रन बनाए।

विलियमसनले शर्मासंग ६४ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि राहुल त्रिपाठीसंग ६५ रनको साझेदारी गरे। १७ औं ओभरमा विलियमसनको विकेट पछि पुरनले एडेन मारक्रमसंग ३९ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। गुजरातका बलर हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको गुजरातले २० ओभरमा ७ विकेट क्षेतीमा १६२ रन बनायो। उसको लागि कप्तान हार्दिक पान्ड्याले अविजित ५० रन बनाए जुन क्रममा ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अभिनभ मनोहरले २१ बलमा ३५ रन बनाए।

हैदरावादका बलर भुवनेश्वर कुमार र टि नटराजनले २/२ तथा मार्को जानसेन र उम्रान मलिकले १/१ विकेट लिए।

 आईपीएल अंकतालिका 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]