हर्षलको ह्याट्रिक, बैंगलोर बिरुद्ध मुम्बईको इतिहासकै कम योगफल

हर्षल पटेलले ह्याट्रिक विकेट लिंदा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५४ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो खेलमा हारको शिलशिला अन्त्य गरेको छ। पछिल्लो ३ खेलमा बैंगलोर पन्जाब, कोलकाता र चेन्नाईसंग पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले १८.१ ओभरमा १११ रनमै सबै विकेट गुमायो। आईपीएल इतिहासमै बैंगलोरले मुम्बईको सम्पूर्ण विकेट लिएको यो नै पहिलो पटक हो। यस्तै बैंगलोर बिरुद्ध मुम्बईको यो इतिहासमै कम योगफल हो। यस अघि बैंगलोर बिरुद्ध मुम्बईको कम योगफल ११५/९ थियो जुन २०१४ आईपीएलको कुरा थियो। यस्तै आईपीएलको एकै सिजन लिग चरणमा मुम्बई बिरुद्ध बैंगलोरले दुई वटा जित दर्ता गरेको यो पहिलो पटक हो। अघिल्लो खेलमा बैंगलोर २ विकेटले विजयी भएको थियो।

मुम्बईको लागि ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ४३ तथा क्विन्टन डीककले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन्। रोहित र डीककले ५७ रनको ओपनिंग साझेदारी गरेका थिए। सातौँ ओभरमा डीककलाई युजभेन्द्र चाहलले तथा दाशौं ओभरमा रोहितलाई ग्लेन म्याक्सवेलले क्याच आउट गरएपछि ७९/२ को अवस्थामा पुगेको मुम्बईले त्यसपछि योगफलमा थप ३२ रन जोड्दा बाँकी ८ विकेट पनि गुमाउन पुग्यो।

बैंगलोरको बलिंगमा दायाँ हाते पेसर हर्षल पटेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.१ ओभरमा १७ रन खर्चिए। त्यसक्रममा हर्षलले १७ औं ओभरको पहिलो, दोश्रो र तेश्रो बलमा हार्दिक पान्ड्या, काईरन पोलार्ड र राहुल चाहरलाई आउट गर्दै ह्याट्रिक विकेट लिए। उनि बैंगलोर टिमबाट आईपीएलमा ह्याट्रिक लिने तेश्रो बलर बनेका छन्। यस अघि २०१० मा पहिलो पटक प्रभिन कुमारले राजस्थान रोयल्स बिरुद्ध तथा स्यामुएल बद्रिले मुम्बई इन्डीएन्स बिरुद्ध २०१७ मा ह्याट्रिक लिएका थिए।

बैंगलोरका लेग स्पिनर युजभेन्द्र चाहलले उत्कृस्ट बलिंग गर्दै ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। यस्तै ग्लेन म्याक्सवेलले २ ( ४-०-२३-२ ) र मोहम्मद सिराजले १ विकेट ( ३-०-१५-१ )


यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १६५ रन बनाएको थियो। उसको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५६ तथा कप्तान बिराट कोहलीले ५१ रन बनाए। म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे भने कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै श्रीकर भारतले २४ बलमा २ चौका र २ छक्का मद्दतले ३२ रन बनाए।

ओपनर देभदत्त पडीक्कल दोश्रो ओभरमा जस्प्रित बुम्राहबाट खाता नखोल्दै आउट भएपछि दोश्रो विकेटको लागि कोहलीले भारतसंग ६८ रनको साझेदारी गरेका थिए। भारत आउट भएपछि कोहली र म्याक्सवेल बीच तेश्रो विकेटको लागि ५१ रनको साझेदारी भयो। कोहलीलाई १६ औं ओभरमा एडम मिल्नेले क्याच आउट गराए। त्यसपछि म्याक्सवेलले अन्तिममा आक्रामक ब्याटिंग गर्दै योगफल १५० पार गराए। डी भिल्लीयर्स र शाहबाज एहमदले मात्र १ रन बनाउन सके।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट ( ४-०-३६-३ ) लिए भने ट्रेन्ट बोल्ट ( ४-०-१७-१ ) , एडम मिल्ने ( ४-०-४८-१ ) र राहुल चाहर ( ४-०-३३-१ ) ले समान १ विकेट लिए।

जितपछि बैंगलोर १० खेलमा छैठौं जित पछि १२ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ भने मुम्बई १० खेलमा छैठौं हार पछि सातौँ स्थानमा झार्न पुगेको छ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]