आईपीएल खेलीसकेका २ खेलाडी ईपीएल खेल्ने

२०७४ मंसिर ७, बिहीबार ००:००

  • विकेटनेपाल, ७ मङ्सिर

पुष ४ गते देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) प्रतियोगिताको टिम ललितपुर प्याट्रिएट्सले आफ्नो टिममा बिश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलेका खेलाडीलाई समाबेश गर्ने भएको छ।

बिहिबार काठमाडौँमा सम्पन्न पत्रकार सम्मेलनमाझ ज्ञानेन्द्र मल्ल मार्की प्लेयररहेको प्याट्रिएट्सले टिमको जर्सी सार्बजनिक गरेको छ। प्याट्रिएट्सका मालिक किशोर महर्जन, प्रबन्ध निर्देशक छुम्बी लामाले टिमको जर्सी सार्बजनिक गरेका थिए। टिमका मुख्य खेलाडी कुशल भुर्तेल, सन्दिप लामिछाने र मार्की ज्ञानेन्द्र मल्ल टिमको जर्सीमा कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा बोल्दै टिम मालिक किशोर महर्जनले आफ्नो टिमले लिगमा ३ जना भारतीय खेलाडी त्यसमा पनि २ जना आईपीएल खेलीसकेका तथा १ जना रणजी खेलीसको खेलाडीलाई अनुबन्धित गर्ने निश्चित भैसकेको खुलासा गरेका हुन्। कुन खेलाडी खेल्ने भने उनले खुलाएनन्।

आईपीएल खेल्ने २ खेलाडी मध्ये १ जनाले किंग्स-११ पन्जाब तथा अर्को खेलाडीले दिल्ली डेयर डेभिल्सको लागि खेलीसकेको समेत महर्जनले बताएका थिए। उनका अनुसार २-३ दिनमै खेलाडीहरुलाई टिमले अनुबन्ध गर्ने पक्का-पक्की भैसकेको छ।

ईपीएलमा प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीहरु अनुबन्ध गर्नुपर्ने प्रावधान रहेको छ। त्यसअनुसार प्रत्येक टिमले भित्रिरुपमा खेलाडी भित्र्याउने कसरत गरिरहे पनि ललितपुरनै यसबारे खुलासा गर्ने पहिलो टोलि हो।

जर्सी सार्बजनिक गर्दै टिम मालिक किशोर महर्जन ( दायाँ ) र प्रबन्ध निर्देशक छुम्बी लामा ( बायाँ )

ललितपुर प्याट्रिएट्सले मार्की खेलाडी ज्ञानेन्द्र मल्ल बाहेक मेहबुब आलम, सन्दिप लामिछाने, कुशल भुर्तेल जस्ता खेलाडीहरुलाई अक्सनमार्फत खरिद गरेको थियो। अक्सनमा शंकर राना, ललित राजबंशी, राजबिर सिंह, पवन सर्राफ, सोनु तामांग, रसिद खान र सन्दिप जोरा गरि १० जना खेलाडी टिमले खरिद गरिसकेको छ। सन्दिपलाई १ लाख ७५ हजार, आलमलाई १ लाख ५० हजार तथा भुर्तेल र सर्राफलाई १ लाख २५ हजार रुपैयाँमा किनेको थियो।

३ जना बिदेशी खेलाडी पछि स्क्वाड पुरा गर्न आवस्यक १ खेलाडी चयन गर्न टिमले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिरहेको छ जसबाट एउटा खेलाडी नभई कुल ४ खेलाडी चयन गर्ने टोलिका निर्देशक छुम्बी लामाले जानकारी गराएका छन्।

ललितपुरका मार्की प्लेयर ज्ञानेन्द्र मल्ल

जर्सी सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मार्की ज्ञानेन्द्र मल्लले ईपीएल ब्यबसायिक रुपमा नेपालकै ठुलो प्रतियोगिता रहेको बताउदै आफ्नो टिमलाई समर्थन गर्ने सबैलाई धन्यबाद दिएका थिए। टिम मालिक महर्जनले आईपीएल जस्तो स्तरको नभए पनि प्रतियोगिता स्तरीय हुनेमा बिश्वास ब्यक्त गरेका थिए।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।

ईपीएल सम्बन्धित अन्य – 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy