पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स हैदराबाद शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा समूह चरणको अन्तिम खेल खेल्दै गरेको पञ्जाबमाथि हैदराबादले ४ विकेटको जित हात पारेको हो ।

पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले १९ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लासेनले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । नितिश रेड्डीले २५ बलमा ३७ तथा राहुल त्रिपाठीले १८ बलमा ३३ रन बनाए ।

पञ्जावका लागि अर्शदिप सिंह र हर्षल पटेलले समान २/२ तथा हरप्रित ब्रार र शशाक सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।

पञ्जावका लागि ओपनर प्रभसिमरन सिंहले ४५ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय ईनिङ खेले । राईली रोसोउले २४ बलमा ४९ तथा अथर्व टाइडेले २७ बलमा ४६ रन बनाएका थिए ।

हैदराबादका लागि टी नटराजनले २ तथा कप्तान प्याट कमिस र विजयकान्त वैयसकान्तले समान १/१ विकेट लिएका थिए ।

जितसँगै समूह चरणको यात्रा सकाएको हैदराबाद दोस्रो स्थानमा छ । हैदराबादलाइ दोस्रो स्थानमा रहेर प्लेअफ यात्रा गर्न आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स पराजित हुनु पर्दछ ।

अन्तिम खेलमा हार सहित लिग समाप्त गरेको पञ्जाब नवौं स्थानमा रहेर लिग सकाएको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]