टि-२० विश्वकप : क्याम्फरको शानदार अलराउण्ड प्रदर्शनमा आयरल्याण्डको जित

कर्टिस क्यामफरले शानदार अलराउण्ड प्रदर्शन गर्दा अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकपमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा आयरल्याण्ड जिम्बाब्वेसंग ३१ रनले पराजित भएको थियो।

बेलिरिभ ओभल, होबार्टमा सम्पन्न समुह ‘बि’ को खेलमा स्कटल्याण्डले दिएको १७७ रनको लक्ष्य आयरल्याण्डले एक ओभर बाँकी रहंदा ४ विकेट क्षेतीमा भेटायो।

आयरल्याण्डले लक्ष्य पछ्याउने क्रममा ६१ रनमा ४ विकेट गुमाएको थियो। पाँचौ नम्बरमा ब्याटिंगमा आएका कर्टिस क्याम्फरले जर्ज डकरेलसंग पाँचौ विकेटको लागि १२१ रनको साझेदारी गर्दै टिमलाई शानदार जित दिलाए। क्याम्फरले मात्र ३२ बलमा ७ चौका र २ छक्का मद्दतले ७२ रन बनाए। डकरेलले २७ बलमा ४ चौका र १ छक्का मद्दतले ३९ रन बनाए। लोर्कन टकरले २० तथा एन्डी बालबर्नी र ह्यारी टेक्टरले समान १४ रन बनाए।

टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट क्षेतीमा १७६ रन बनायो। उसको लागि ओपनर माइकल जोन्सले ८६ रन योगदान दिए जुन क्रममा ५५ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। रिची बेरिंगटनले ३७ तथा म्याथु क्रसले २८ रन बनाए। आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले मात्र ९ रन खर्चेर २ विकेट लिए। जोश लिटल र मार्क अडेरले १/१ विकेट लिए।

अलराउण्ड योगदानको लागि क्याम्फर प्लेयर अफ द म्याच घोषित भए।

हार पछि स्कटल्याण्ड र आयरल्याण्डले समान २/२ खेलमा १ जित र १ हार बेहोर्दै २/२ अंक सहित दोश्रो र तेश्रो स्थानमा छ। एक खेलमा जित सहित २ अंक बटुलेको जिम्बाब्वे उत्कृस्ट नेट रन रेट सहित शिर्षमा छ भने वेस्टइन्डिज एक खेलमा हार बेहोर्दै चौंथो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत आज समुह ‘बि’ को दोश्रो खेलमा वेस्टइन्डिज र जिम्बाबे बीच प्रतिस्पर्धा हुँदैछ।

अंकतालिका 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]