आयरल्यान्ड वुल्भ्स विरुद्ध ब्याटिंग नचल्दा नेपाल पराजित, १३६ रनमा नै अल आउट

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा कमल सिंह ऐरीको ह्याट्रिकको बाबजुद आयरल्यान्ड वुल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको हो । पहिलो खेल जितसँगै आयरल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको छ ।

आयरल्यान्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ नचल्दा २५ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय ३६ रन बनायो ।

नेपालका लागि साहब आलमले ३४ बलमा सर्वाधिक ३७ तथा ओपनर देव खनालले २२ बलमा २६ रन बनाए । बसिर अहमदले २१ बलमा २० तथा रिजन ढकालले बलमा रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

३५ ओभरमा कुनै विकेट नगुमाएको नेपालले १ सय १ रन जोड्दा बाँकी १० विकेट गुमाएको थियो ।

आयरल्यान्डका लागि म्याथ्यु ह्यापियरले १० ओभरमा ३२ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि नेपालका कमलसिंह ऐरीको ह्याट्रिकको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनाएको थियो ।

आयरल्यान्डका लागि केड क्रामिकलले ७७ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३२ बलमा ३९ तथा पीजे मोरले ३४ बलमा २१ रन बनाए ।

नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका हुन् । कमलले ३९ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

साहाब आलम र मौषम ढकालले समान २/२ तथा रिजन ढकालले १ विकेट लिए ।

सिरिज अन्तर्गतको दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]