जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ९५ रनको अग्रता बनाएको छ।

जनकपुरस्थित रामजानकी मैदानमा दोस्रो इनिङ सुरु गरेको बागमती चार ओभरमा ८।० को स्थितीमा छ। बागमतीका लागि रित गौतम पाँच र इशान पाण्डे तीन रन बनाएका छन्।

पुलिसले २१५ रन बनाउँदै पहिलो इनिङमा १०२ रनको अग्रता लिएको थियो। पुलिसका लागि अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्काको मद्दले सर्वाधिक ७९ रनको योगदान गरे।

यसैगरी अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७७ र गुल्शनकुमार झाले १७ रन बनाए।

यता, बागमतीका लागि कप्तान सन्दीप लामिछानेले चार, नन्दन यादव र प्रतिश जिसीले समान दुई तथा रिजन ढकालले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमती पहिलो इनिङमा ११२ रनमै समेटिएको थियो। बागमतीका लागि इशान पाण्डेले ९४ बलमा १० चौकाको म्ददते सर्वाधिक ७१ रनको योगदान गरे।

पुलिसका लागि ललितनारायण राजवंशीले चार, श्रवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए।

तस्बिर : क्यान





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]