कर्णाली प्रिमियर लिग: टिकापुर र धनगढीको विजयी सुरुवात

  • विकेटनेपाल, जेठ ३ – बिहीबार

आजदेखि सुर्खेतमा सुरु भएको कर्णाली प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् ।

पहिलो खेल: अजय बिस्टको अलराउण्ड प्रदर्शनमा टिकापुरको फराकिलो जित

प्रतियोगिताको उद्घाटन खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

स्कोरकार्ड

टस हारेर पहिले ब्याटिंग गरेको टिकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । उसका ओपनर अजय बिस्टले ३४ रनको पारि खेल्ने क्रममा १२ बलमा १ चौका र ४ छक्का प्रहार गरे । यस्तै अयुब चन्दले १९ रन र रवि शाहले १७ रन बनाए । बलिंगतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र बिके र विजय बिकेले २/२ विकेट लिए ।

म्यान अफ द म्याच अजय बिस्ट

जवाफमा १४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा मात्र ३५ रन बनाउँदा सबै विकेट गुमायो । उसका लोकेन्द्र बिकेले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्, ४ खेलाडी गोल्डेन डकको सिकार भए । भेरीगङ्गालाई सस्तैमा समेट्न टिकापुरका रवि शाह र अनिल बिकेले १०/१० खर्चेर समान ३ विकेट लिए भने ललित प्याक्वलले ४ र म्यान अफ द म्याच घोषित अजय बिस्टले १० रन खर्चेर समान २/२ विकेट लिए ।

दोश्रो खेल: सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत धनगढीको जित

आजै भएको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले मध्य पश्चिमान्चल क्रिकेट क्लबलाई ४६ रनले पराजित गरेको छ ।

स्कोरकार्ड

टस हारेर पहिले ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरममा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसका बिपिन रावलले ३९ रन बनाउन २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तल्लोक्रममा म्यान अफ द म्याच घोषित बसन्त सिंह कार्कीले अविजित ३२ रन बनाउन १२ बलमा १ चौका र ३ छक्का हानेका थिए । बलिंगतर्फ मध्य पश्चिमान्चलका भारत थापाले ३ विकेट लिन ३७ रन खर्चिए भने सिद्धान्त शाही, आकाश बिस्ट र भिम धमलाले १/१ विकेट लिए ।

म्यान अफ द म्याच बसन्त सिंह कार्की

जवाफमा उत्रेको मध्य पश्चिमान्चल क्रिकेट क्लबले सुबेन्दु पाण्डेको अर्धशतकका बाबजुत निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ११० रनमात्र बनायो । सुबेन्दु पाण्डेले ५२ रन बनाउन ४० बलमा ६ चौका र १ छक्का हानेका थिए । यस्तै राजबिर सिंहले १५, प्रनित थापाले १३ र सिद्धान्त राज शाहीले १२ रन बनाउँदा ३ खेलाडी पहिलो बलमा नै आउट भए । बलिंगतर्फ धनगढीका बिक्रम ठगुन्नाले ३ विकेट लिन ३ ओभरमा मात्र १९ रन खर्चिए ।

भोलिहुने खेलहरु:
पहिलो खेल: रुपन्देही ११ Vs भेरीगङ्गा स्पोर्ट्स क्लब, बिहान ७ बजे
दोश्रो खेल: रोयल राइजिंग क्रिकेट क्लब Vs धनगढी क्रिकेट एकेडेमी, बिहान १०:३० बजे
तेस्रो खेल: महाकाली क्रिकेट क्लब Vs टिकापुर क्रिकेट क्लब, दिउसो २ बजे





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]