काठमाडौँको कप्तानी महरुफले गर्ने, चिन्नुस टिमका ३ बिदेशी खेलाडी

  • विकेटनेपाल, मङ्सिर २९

एभरेष्ट प्रिमियर लिग प्रतियोगिताका लागि काठमान्डौ किंग्स-११ ले श्रीलंकन क्रिकेटर फरभेज महरुफलाई कप्तानको रुपमा घोषणा गरेको छ।

काठमाडौँले आज आयोजित पत्रकार सम्मेलनमा फरभेज महरुफ समेत उपस्थित थिए। कार्यक्रममा टिमले अन्य २ बिदेशी खेलाडी तथा टिमको जर्सी समेत सार्बजनिक गरेको छ। सोमपाल कामि मार्की प्लेयर रहेको किंग्स-११ मा महरुफ सहित अर्का श्रीलंकन खेलाडी अक्षय फर्नान्डिज तथा भारतीय खेलाडी सागर कुमार बिदेशी खेलाडीको रुपमा खेल्नेछन्।

कप्तान महरुफले श्रीलंकन क्रिकेट टिमको लागि सन् २००४ मा डेब्यु गर्दै २२ टेस्ट, १०९ एकदिवसीय तथा ८ वटा टि-२० खेलीसकेका छन्। तिब्र गतिका बलर हुनुको साथ साथै उनि अलराउन्डरको भूमिकामा समेत खेल्ने गर्छन्।

यस्तै अक्षय फर्नान्डिज श्रीलंकाको प्रथम श्रेणी क्रिकेटर हुन् जो मध्येक्रममा ब्याटिंग गर्न सक्छन् भने लेगस्पिन बलिंग समेत गर्न सक्छन्। महरुफको प्रस्ताबमा उनलाई टिमले भित्र्याउने निर्णय गरेको हो। अर्का क्रिकेटर सागर कुमार भारतको पन्जाबबाट उमेर समुहको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् जो मध्येक्रममा राम्रो ब्याटिंग तथा बलिंग समेत गर्न सक्ने खेलाडी हुन्।

यो पनि पढ्नुस – यी हुन् ईपीएल खेल्न लागेका चर्चित श्रीलंकन क्रिकेटर

फर्भेज महरुफ

मार्की सोमपालले टिमलाई मध्येक्रममा साझेदारी निभाउने र १-२ रन राम्रो लिएर इनिंग निर्माण गर्ने खेलाडीको आवश्यकता अनुरुप यी खेलाडीलाई टिममा समाबेश गरेको विकेटनेपाललाई बताएका छन्।

काठमाडौं किंग्स एघारले पौष ३ मा प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ।  खेल तालिका हेर्नुस  

टिममा सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला रहेका छन्।

अक्सनमा टिमले सागर पुनलाई सर्बाधिक १ लाख ५० हजार रुपैयाँमा तथा जितेन्द्र मुखिया र नरेश बुढायरलाई १ लाख २० हजार रुपैयाँमा खरिद गरेको थियो। यस्तै सुशील कंडेललाई १ लाख २५ हजार तथा सिद्धान्त लोहनीलाई १ लाख १५ हजार रुपैयाँमा किंग्स एक्सआईले किनेको हो।

यो पनि पढ्नुस – चिन्नुस् आईपीएल खेलेका यी क्रिकेटर जो ललितपुरबाट ईपीएल खेल्दैछन्

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् । लिगको बिजेताले २१ लाख रुपैयाँ पाउनेछ ।

हेर्नुस काठमाडौँ किंग्स ११ टिम घोषणाको फोटोहरु – 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]