यी हुन् ईपीएल खेल्न लागेका चर्चित श्रीलंकन क्रिकेटर

  • विकेटनेपाल, मङ्सिर २९

पुष ३ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग ईपीएल टि-२० को टिम काठमाडौँ किंग्स एक्सआईबाट श्रीलंकन चर्चित क्रिकेटरले बिदेशी खेलाडीको रुपमा खेल्ने भएका छन्। किंग्स एक्सआई टिमको फेसबुक मार्फत श्रीलंकन क्रिकेट टिमका अलराउण्डर फर्बेज महरुफले ईपीएल काठमाडौँ किंग्स एक्सआईबाट खेल्ने खुलासा भएको हो।

टिमले फेसबुकमा महरुफले सन् २०१० को एसिया कप क्रिकेट प्रतियोगितामा भारत बिरुद्ध ह्याट-ट्रिक लिएको भिडियोको अडीयो मात्रै सुनाउदै कुन खेलाडी खेल्न लागेको अनुमान गर्न लगाएको थियो। उक्त भिडियो युट्युबमा भेट्न सकिन्छ जसको अडियो किंग्स एक्सआईले पोस्ट गरेकोसंग मिलेको छ।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार श्रीलंकाको लागि २२ टेस्ट र १०९ एकदिवसीय खेलीसकेका महरुफ काठमाडौँ आईसकेका छन्।

ईपीएलमा प्रत्येक टिमले अनिबार्य ३ जना बिदेशी खेलाडी खेलाउने नियम रहेको छ जसअनुरुप महरुफले काठमाडौँको प्रतिनिधित्व गर्नेछन् भने अन्य २ जना खेलाडीहरु को हुने बारे भने घोषणा गरेको छैन। यस अघि टिम ललितपुर प्याट्रिएट्सले आईपीएल खेलीसकेका योगेश नागर र अन्य २ भारतीय प्रथम श्रेणी क्रिकेटरलाई टिममा अनुबन्ध गरेको घोषणा गरिसकेको छ।

वर्तमान श्रीलंकन टिममा पर्न असफल रहेका महरुफले अन्तिम पटक यसै बर्ष अक्टोबरमा हंगकंगमा सम्पन्न हंगकंग सुपर सिक्सेज प्रतियोगितामा श्रीलंकन टिमको प्रतिनिधित्व गरका थिए।

को हुन् महरुफ ? 

श्रीलंकन क्रिकेट टिमको लागि सन् २००४ मा डेब्यु गरेका फर्बेज महरुफले २२ टेस्ट, १०९ एकदिवसीय तथा ८ वटा टि-२० मा श्रीलंकाको लागि खेलीसकेका छन्। साथै उनले सन् २००८ देखि २०१० सम्म दिल्ली डेयर डेभिल्सको लागि आईपीएलको २० वटा खेल समेत खेलेका थिए।

तिब्र गतिका बलर हुनुको साथ साथै उनि अलराउन्डरको भूमिकामा समेत खेल्ने गर्छन्।

सन् २०११ मा अन्तिम पल्ट टेस्ट क्रिकेट खेलेका उनले तल्लो क्रममा ब्याटिंग गर्दै २२ खेलमा ५६२ रन बनाएका छन् जसमा ३ अर्धशतक सामेल छन् भने बलिंगतर्फ २५ विकेट लिएका छन्। त्यस्तै १०९ एक दिवसीय खेलमा १११३ रन बनाएका छन् भने बलिंगतर्फ १३५ विकेट आफ्नो नाममा लेखाएका छन्। ८ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३३ रन बनाएका छन् भने ७ विकेट लिएका छन् ।

सन् २००६को च्याम्पियन्स ट्रफीमा उनले वेस्ट इन्डिज बिरुद्ध उत्कृस्ट १४ रन खर्चेर ६ विकेट हात पारेका थिए जुन उनको उत्कृस्ट बलिंग स्पेल हो । यस्तै उनले सन् २००५ मा वेस्ट इन्डिज बिरुद्ध १० ओभरमा ५ मेडन ओभर सहित मात्र ९ रन दिएर ३ विकेट लिएका थिए जसलाई अन्तर्राष्ट्रिय क्रिकेटको उत्कृस्ट स्पेल मध्ये गनिने गरिन्छ।

दायाँ हाते तिब्र गतिका महरुफले सन् २०१० को एसिया कपमा भारत बिरुद्दको खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका थिए । ह्याट्रिक लिनेक्रममा उनले रबिन्द्र जडेजा, प्रविन कुमार र जाहिर खानलाई आउट गरेका थिए। उनको स्पेलको मदतले भारत बिरुद्ध शानदार जित हात पार्न सकेको थियो।

श्रीलंकाको लागि तत्कालिन समयमा उनले ७५ एकदिवसीयमा सन् २००७ मा १०० विकेट पुरा गर्दै छिटो १०० विकेट पुरा गर्ने मुथैया मुरलीधरनको रेकर्ड ( ७५ खेल ) तोडेका थिए जुन रेकर्ड मलिंगाले सन् २०१० मा तोडेका थिए।

 

सन् २०१२ सम्म टिमबाट भित्र-बाहिर भइरहेका उनि त्यसपछि टोलीमा पर्न सकेका थिएनन्। सन् २०१६ मा भएको श्रीलंकाको प्रथम श्रेणी क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेपछि त्यसैबर्ष उनि इंग्ल्याण्डसंग टुरमा छनौट भएका थिए। तर त्यस टुरमा खेलेको ४ खेलमा मात्र १ विकेटको प्रदर्शन गरेका उनि त्यसयता श्रीलंकन टिममा पर्न सकेका छैनन्।

३३ बर्षीय महरुफले घरेलु क्रिकेटलाई निरन्तरता दिईरहेका छन् ।

काठमाडौं किंग्स एघारले पौष ३ मा प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ ।  खेल तालिका हेर्नुस 

काठमाण्डौ किंग्स एघारको टिममा सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला रहेका छन्।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपैयाँ पाउनेछ ।

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]