काठमाण्डौको पहिलो जित, चितवनको प्रतिक्षा जारि

  • विकेटनेपाल, पौष ६ – बिहिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भएको दोश्रो खेलमा काठमाण्डौ किंग्स ११ ले चितवन टाइगर्सलाई ४ बल बाँकि रहदा ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

|| स्कोरकार्ड || अंकतालिका ||

किर्तिपुर मैदानमा चितवन टाइगर्सले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा सागर पुन मात्र ५ रनमा आउट भएपछी दोश्रो विकेटको लागि कप्तान फर्वीज महरूफ़ र अमित श्रेष्ठले अर्धसतक साझेदारी गरेका थिए । महरूफ़ले ३९ रन बनाउन ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरे भने अमित श्रेष्ठले ३८ रन बनाउने क्रममा २४ बलमा ७ चौका प्रहार गरे । त्यसपछि आएका सागर कुमारले २५ रन बनाए ।

त्यसपछि भने लगातार विकेट गुमाएपानी अन्तिममा अमर सिंह रौटेलाले १९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै खेल आफ्नो पक्षमा पारेका थिए । उनले अविजित ५ रन बनाए भने बिजयी रन हानेका अक्षय फर्नान्डोले अविजित ८ रन बनाए ।

चितवनका लागि प्रविन गुप्ताले २ विकेट लिदा २ जना ब्याट्सम्यान रन आउटको सिकार भए ।

यसअघि पहिले ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

उसका लागि ओपनर दिलिप नाथले ४६ रन बनाउने क्रममा ४० बलमा १ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै साबेज खानले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन बनाउदा अतिरिक्त रनको रुपमा १४ रन पायो । कमल सिंह  ऐरीले अविजित १२ तथा प्रवेश कुमारले अविजित ९ रन बनाए ।

बलिंगतर्फ काठमाण्डौका कप्तान फर्वीज महरूफ़ले ३ विकेट लिन २१ रन खर्चे भने सागर पुन अमर सिंह रौटेला र बिक्रम भुसालको नाममा १/१ विकेट रह्यो ।

खेलमा अल राउन्ड प्रदर्शन गरेका फर्वीज महरूफ़ म्यान अफ द म्याच घोषित भए ।

आजको खेल सँगै काठमाण्डौ किंग्स र चितवन टाइगर्सले अंक तालिकामा आफ्नो स्थान साटेका छन । काठमाण्डौ २ अंक सहित पाचौ  स्थानमा उक्लेको छ भने चितवन छैठौ स्थानमा झरेको छ ।

आजै भएको पहिलो खेलमा भैरहवा ग्लाडीएटर्सले ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा अन्तिम बलमा हराएको थियो ।

प्रतियोगितामा भोलि पनि दुई खेलहरु हुदैछन, पहिलो खेलमा पोखरा राइनोजले काठमाण्डौ किंग्स ११ को सामना गर्ने छ भने दोश्रो खेलमा चितवन टाइगर्सले बिराटनगर वारियर्सको सामना गर्ने छ ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]