एपीएफ र पुलिस काठमाडौं मेयर्स कपको फाइनलमा

काठमाडौंमा जारि काठमाडौं मेयर्स कप अन्तर्गत बिहिबार सम्पन्न खेलमा शरद भेसावकर कप्तानीको नेपाल एपीएफ क्लबले सन्दिप लामिछाने कप्तानीको काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै फाइनलमा नेपाल पुलिस क्लबसंगको भेट पक्का गरेको छ।

यससंगै फाल्गुन २९ गते अर्थात पर्सि दुई विभागीय टोलि नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ४ खेलमा समान ३ जित र १ हार बेहोरेता पनि नेट रन रेटमा पुलिस पहिलो र एपीएफ दोश्रो स्थानमा रह्यो। बागमती तेश्रो, आर्मी चौथो र काठमाडौँ मेयर्स-११ पाँचौ स्थानमा रह्यो। स्कोरकार्ड , अंकतालिका

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा १७७ रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले ४४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसका लागि कप्तान शरद भेषवाकर र युवा ब्याट्सम्यान सन्दिप जोराले अर्धशतकीय पारि खेले।

खराब सुरुवात गरेको एपीएफले प्रतियोगितामा राम्रो लयमा रहेका ओपनर आशिफ शेखलाई खाता नखोली गुमायो। उनलाई अनुज चुनाराले इनिंग्सको पहिलो ओभरमै बोल्ड गरेका थिए। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान भेसावकरले अर्का ओपनर शंकर रानासंग ४३ रनको साझेदारी गर्दै एपीएफको इनिंग्स सम्हाले। रानालाई युवा स्पिनर अनिल खरेलले ३१ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यु आउट पार्दै साझेदारी तोडे।

त्यसपछि ब्याटिंगमा आएका भुवन कार्कीलाई कप्तान लामिछानेले बोल्ड गर्दै एपीएफलाई दबाबमा ल्याए। कार्कीले १५ बलमा २ चौकाको मद्धतमा ११ रन बनाए। ५७/३ को संघर्षपूर्ण अवस्थाबाट कप्तान भेसावकरले सन्दिप जोरासंग चौथौं विकेटका लागि अविजित १२१ रनको शतकीय साझेदारी गर्दै एपीएफलाई जित दिलाए। जारि प्रतियोगितामा यो पहिलो शतकीय साझेदारी हो। भेषवाकरले ११८ बलमा ५ चौका र १ छक्काको मद्धतमा अविजित ६१ तथा जोराले ७९ बलमा ९ चौकाको मद्धतमा अविजित ६२ रन बनाए।

काठमाडौं मेयर-११ को बलिंगमा अनुज चुनारा (७-०-३३-१), अनिल खरेल (१०-२-३७-१) र सन्दिप लामिछाने (१०-१-३१-१) ले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको काठमाडौं मेयर-११ ले ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७७ रन बनाउंदै एपीएफलाई १७८ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि सन्दिप रजालीले सर्वाधिक ४८, हरिशंकर शाहले ३६ तथा बिक्रम भुसालले २० रन बनाए।

अविनास बोहोराले इनिंग्सको पहिलो ओभरमै ओपनर बिपिन रावललाई (४) बोल्ड गर्दै एपीएफलाई सानदार सुरुवात दिलाएका थिए। अर्का ओपनर खडक बोहोरा (१३) रन आउट भएपछि सन्दिप रजाली र हरिशंकर शाहले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै काठमाडौं मेयर-११ को इनिंग्स सम्हाले। रजाली आउट भएपछि काठमाडौं मेयर-११ को ब्याटिंग धराशायी बन्न पुगेको थियो।

काठमाडौं मेयर-११ लाई १७७ रनमै समेट्न एपीएफको बलिंगमा अविनास बोहिरा (८.५-०-४१-३) र कमल सिंह ऐरीले (१०-३-२५-३) समान ३ विकेट लिए। यस्तै बसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले समान १ विकेट हात पारे।

यो पनि पढ्नुस :-

अरीयो र पारस प्रेरित बागमतीद्वारा आर्मी पराजित, बिनोदको शतक खेर

रुपन्देही सुपरलिग : शक्ति गौचनले अलराउण्ड प्रदर्शन गर्दा न्यू होराइजन फाइनलमा





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]