केसीए यु-१४ क्रिकेट : हिमालयन ‘ए’ र भक्तपुर क्रिकेट सेन्टर विजयी

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टरले विजयी सुरुआत गरेका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा हिमालयन ‘ए’ ले ओएसिया क्रिकेट एकेडेमीलाई ५७ रनले पराजित गरेको हो।

हिमालयन दिएको १२२ रनको विशाल लक्ष्य पछ्याएको ओएसिसले २० ओभर खेलेर मात्रै ६४ रन बनाउन सक्यो।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हिमालयनले निर्धारित ओभरमा ५ विकेट गुमाए १२१ रन बनाएको थियो।

यस खेलमा ४४ रन र २ विकेट लिएका तपेन्द्र विष्ट प्लेयर अफ द म्याच घोषित भए।

यस्तै, दोस्रो खेलमा भक्तपुर क्रिकेट एकेडेमीले बल पार्क क्रिकेट एकेडेमीलाई १६ रनले पराजित गरेको हो।

भक्तपुरले दिएको ६६ रनको लक्ष्य पछ्याएको बल पार्कले १७ ओभरमा आठ विकेट गुमाए ४९ रन मात्रै बनाउन सक्यो

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भक्तपुरले निर्धारित १७ ओभमा आठ विकेट गुमाएर ६५ रन बनाएको थियो।

यस खेलमा भक्तपुरका साइमल लामिछाने प्लेयर अफ द म्याच घोषित भए।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसिएको मैदानमा जारी छ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]