केसीए यु-१४ क्रिकेट : हिमालयन ‘ए’ र भक्तपुर क्रिकेट सेन्टर विजयी

२०८१ माघ १२, शनिबार १७:५६

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टरले विजयी सुरुआत गरेका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा हिमालयन ‘ए’ ले ओएसिया क्रिकेट एकेडेमीलाई ५७ रनले पराजित गरेको हो।

हिमालयन दिएको १२२ रनको विशाल लक्ष्य पछ्याएको ओएसिसले २० ओभर खेलेर मात्रै ६४ रन बनाउन सक्यो।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हिमालयनले निर्धारित ओभरमा ५ विकेट गुमाए १२१ रन बनाएको थियो।

यस खेलमा ४४ रन र २ विकेट लिएका तपेन्द्र विष्ट प्लेयर अफ द म्याच घोषित भए।

यस्तै, दोस्रो खेलमा भक्तपुर क्रिकेट एकेडेमीले बल पार्क क्रिकेट एकेडेमीलाई १६ रनले पराजित गरेको हो।

भक्तपुरले दिएको ६६ रनको लक्ष्य पछ्याएको बल पार्कले १७ ओभरमा आठ विकेट गुमाए ४९ रन मात्रै बनाउन सक्यो

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भक्तपुरले निर्धारित १७ ओभमा आठ विकेट गुमाएर ६५ रन बनाएको थियो।

यस खेलमा भक्तपुरका साइमल लामिछाने प्लेयर अफ द म्याच घोषित भए।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसिएको मैदानमा जारी छ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy