नेपालमै पहिलो पल्ट दुई दिवसीय प्रतियोगिता ‘काठमाडौँ क्रिकेट लिग’ आयोजना हुने

धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग लगायत बिभिन्न २० ओभर फर्म्याटको लिगहरु लगातार आयोजना भइरहेको नेपालमा लामो फर्म्याटको क्रिकेट नभएको गुनासो खेल प्रेमी, खेलाडीहरु र विश्लेषकहरुले समेत वारम्बार गर्ने गर्छन्। नेपाली खेलाडीहरुको क्षमता बढाउन र अझ बिशेष गरि ब्याटिंग समस्या समाधान गर्न समेत लामो फर्म्याटको प्रतियोगिताको आवस्यकता रहँदै आएको थियो।

नेपाली खेल प्रेमीहरुको चाहना अब भने पुरा हुने भएको छ। नेपाली घरेलु क्रिकेट ईतिहासमा पहिलो पटक दुई दिवसीय प्रतियोगिता आयोजना हुने भएको छ। यसअघि ५० ओभरको फर्म्याटमा आयोजना भएको काठमाण्डौ क्रिकेट लिगलाई अब नयाँ स्वरुपमा अघि बढाइने घोषणा भएको छ।

झन्डै ४ वर्ष अघि सन् २०१५ मा काठमाण्डौको टुडिखेलमा ५० ओभरको फर्म्याटमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट लिग आयोजना गरेको थियो। अब सोहि नाममानै २ दिवसीय प्रतियोगिता आयोजनाको घोषणा भएको हो। प्रतियोगिता यो पटक हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र ग्रेट हिमालय क्रिकेट एकेडेमीको सह-आयोजक हुनेछ।

“टि-२० क्रिकेट धेरै भइरहेको र नेपालमा लामो फर्म्याटको आवस्यकता रहेको तथ्यलाई मध्यनजर गरेर युवा तथा राष्ट्रिय खेलाडीहरुलाई एक्सपोजर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौँ” एकेडेमीका निर्देशक सुदिप शर्माले विकेटनेपाललाई बताउनु भएको छ।

पहिलो संस्करणको बिजेता धनागढ़ी टिम

प्रतियोगितामा ६ वटा टिमलाई सहभागी गराउने र कम्तिमा २ हफ्ता देखि बढीमा १८ दिन प्रतियोगिताको अवधि रहने समेत शर्माले जानकारी गराउनु भएको छ। टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि २ वटा मैदान आयोजना गर्न प्रयास गरिनेछ जसले प्रतियोगिताको समयावधिमा धेरै खेलहरु खेलाउन सम्भव हुने बताईएको छ।

लिग फाल्गुनको अन्तिम साता आयोजना हुने सम्भावना प्रबल रहेको छ। धनगढी प्रिमियर लिग सकिएपछि राष्ट्रिय क्रिकेट टिम खाली हुने हुनाले सो अवधि चयन गरिएको हो।

सहभागी हुने टिमहरु कस्तो रहने, पुरस्कार राशि लगायत विषयमा छिट्टै आयोजकले टुंगो लगायर पत्रकार सम्मेलन गरेर प्रतियोगिताको घोषणा गर्ने तयारी आयोजकले गरिरहेको छ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]