अमित श्रेष्ठको अर्धशतकमा काठमाण्डौको बिजयी सुरुवात

विकेटनेपाल, चैत्र १७ – शनिबार । धनगढीमा आज देखि सुरु भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत उद्घाटन खेलमा   अमित श्रेष्ठले उत्कृस्ट ब्याटिंग गरेपछि काठमाण्डौ गोल्डेन्सले टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

स्कोरकार्ड

चौराहाले दिएको १४६ रनको लक्ष्य पछ्याएको काठमाण्डौले अमित श्रेष्ठले अविजित ८१ रनको पारि खेलेपछि ८ बल अगाबै जित हात पारेको थियो । उनले ६५ बलमा ९ चौका र ४  छक्का प्रहार गरेका थिए । यस्तै टिमलाई जित दिलाउने   क्रम   मा नरेश बुढाऐरले बलरको  माथिबाट छक्का प्रहार गरेका थिए । उनले १८ बलमा २४ रन प्रहार गर्दै अविजित रहे ।

चौराहाका सम्सेद शेखले २ विकेट लिन २१ रन खर्चिए भने १ विकेट सुनिल धमलाको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको टिम चौराहा धनगढीले सुनिल धमलाको ६८ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । धमलाले ५७ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै शंकर रानाले ३१ बलमा ५ चौका सहित ३६ रन बनाउदै दोश्रो विकेटको लागि धमलासँग ७१ रनको साझेदारी गरेका थिए ।

काठमाण्डौका शाहब आलमले ह्याट्रिक सहित ३ विकेट लिने क्रममा ४ ओभरमा २३ रन खर्चिए भने रासिद खान, किशोर महतो र सन्नी पटेलले समान १/१ विकेट लिए ।

काठमाण्डौलाई जित दिलाउन महत्त्वपूर्ण पारि खेलेका अमित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]