सिन्धुपाल्चोक क्रिकेट संघलाई खेल सामाग्री हस्तान्तरण

जिल्ला खेलकुद समितिले सिन्धुपाल्चोक क्रिकेट संघलाई सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो केहि वर्षयता निरन्तर सक्रिय भएपछि क्रिकेट संघलाई खेलकुद समितिले क्रिकेट सामाग्री हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष सुरेश रानाले क्रिकेट संघ जिल्लाका अध्यक्ष विजय धिताललाई एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरेका हुन् । क्रिकेट संघले हरेक वर्ष जिल्लास्तरिय क्रिकेट आयोजना गर्नुको साथै उदाहरणीय रुपमा एक स्थानिय तह दुई खेलाडीलाई विशेष प्रशिक्षणको लागि भारत पठाउँदै आएको छ ।

आधा दर्जन खेलाडीलाई स्थानियतहसँग समन्वय गर्दै भारतमा प्रशिक्षण गराई सकेको छ । केहि युवा खेलाडीलाई पठाउने तयारी गरेको छ । त्यस्तै जिल्लास्तरिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र सम्भावना बोकेका युवा खेलाडीलाई काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण समेत गराउँदै आएको छ ।

उक्त कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष तथा चौतारा सांगाचोकगढी नगरपालिका खेल्कुद प्रमुख अमृतमान श्रेष्ठले जिल्लामा क्रिकेटको गतिविधि निरन्तर हुँदा खुसी ब्यक्त गरेका थिए ।

‘जिल्ला खेलकुद समितीले पहिलो पटक क्रिकेटलाई खेलुकुद सामाग्री वितरण गरेकोमा खुशी लागेको छ । क्रिकेटलाई अको स्तरमा पुर्याउन हौसला प्राप्त भएको छ । स्थानिय सरकार र सबै मिलेर जिल्ला क्रिकेटलाई माथि पुर्याउनु पर्छ’, संघका अध्यक्ष विजय धितालले भने ।

यस्ता कार्यक्रमले नयाँ तथा युवा खेलाडी उत्पादनमा सहयोग पुग्ने जिल्ला क्रिकेट संघका कोषाध्यक्ष राजु सापकोटाले बताए । उक्त कार्यक्रममा जिल्लाको विभिन्न संघका पदाधिकारीहरुको उपस्थिति थियो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]