खुकुरी कपको क्वार्टरफाइनल समीकरण पुरा

  • विकेटनेपाल – १ फाल्गुन, मंगलवार

मुलपानी मैदानमा जारि खुकुरी च्यालेंजर्स कप टी- २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न दुई खेलहरुमा रौतहट राइजिंग ११ र इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्बले जित हात पारेका छन्।योसंगै प्रतियोगिताको क्वार्टर फाईनल समिकरण समेत पुरा भएको छ।

सोमबारको खेलबाट जित निकाल्दै इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्ब समूह बिजेताको रुपमा क्वार्टर फाईनलमा प्रवेश गर्दा रौतहट राइजिंग एघार भने नेट रन रेटका आधारमा पछि पर्दै समूह चरणबाटनै घर फर्किन बाध्य भएको छ। समूह ‘डी’ को उपविजेता बन्दै मकवानपुर क्रिकेट क्लब क्वार्टर फाईनलमा प्रवेश गर्यो।

यसअघि नै समुह ‘ए’ बाट शान्तिनगर युथ क्लब र केसीटिसी, समूह “बि” बाट बालुवाटार क्रिकेट कल्ब र रोयल पिसी फाइटर, समुह ‘सी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र त्रिभुवन आर्मी क्लब अन्तिम ८ मा प्रवेश गरिसकेका छन्।

रोमान्चक खेलमा रौतहटको जित 

मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा राइजिंग रौतहट एघारले मकवानपुर क्रिकेट क्लबलाई रोमान्चक खेलमा ५ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै रौतहटले दिएको १०१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मकवानपुरले खराव ब्याटिंग प्रदर्शन गर्यो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै ९५ रनमात्र जोड्न सक्दा खेलको नतिजा ५ रनले रौतहटको पक्षमा रह्यो। लक्ष्य पछ्याउने क्रममा मकवानपुरका सुरज पटेलले २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन। रौतहटका बलरले लगातार रुपमा विकेट निकाल्दा मकवानपुरले खेलमा जमेर रन बनाउने मौकानै पाएन। मकवानपुरलाई सस्तैमा रोक्ने क्रममा रौतहटका सुनिल मिश्र, सशी केशरी र शंकर पटेलले समान २-२ विकेट हात पारे।

म्यान अफ द म्याच शंकर पटेल

यसअघि टस जित्दै मकवानपुरले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको रौतहटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउंदै १०० रन जोडेको थियो। उसका आशु कन्डोईले १९, रभी साहले १८ तथा म्यान अफ दि म्याच शंकर पटेलले १६ रन जोडेका थिए। मकवानपुरका अशिम श्रेष्ठ, रोबिन गुरुङ,रभी थापा र हरि चौहानले समान २-२ विकेट लिएका थिए।

दोस्रो खेल : सागरको बलिंगले इन्टर-डिस्ट्रिक्ट बिजयी 

दिनको दोस्रो खेलमा टिकापुर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो।

टिकापुरले दिएको ११० रनको लक्ष्य इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्बले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसको जितमा कप्तान मन्जिल गुरुङले अविजित ३२ तथा शेर मल्लले मात्र १५ बलमा अविजित २८ रनको योगदान गरे। टिकापुरका सुबाश सिंह ठकुरीले २ तथा प्रकाश रावल र प्रकाश न्यौपानेले समान १-१ विकेट लिए।

म्यान अफ द म्याच सागर भण्डारी

यसअघि टस जित्दै पहिले बलिंग गरेको इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्बले सागर भण्डारीको धारिलो बलिंगको सहयोगमा टिकापुरलाई ११९ रनमा समेटेको थियो। टीकापुरका रबिन्द्र जंग शाहीले ६६ तथा रिजन सेरचनले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेका थिएनन्। रबिन्द्रले ४७ बल खेल्दै ९ चौका र १ छक्काको सहयोगमा ६६ रनको योगदान गरेका थिए।

टिकापुरलाई सस्तैमा समेट्न खेलको म्यान अफ दि म्याच बनेका सागर भण्डारीले ४ विकेट हात पारे। मात्र ३ ओभरको स्पेलमा १ मेडन सहित १४ रन खर्चेर सागरले ४ विकेट लिंदा अभिराज रोए र दुर्गेस कुर्मीले समान २-२ विकेट हात पारेका थिए।

मंगलबार हुने क्वार्टर-फाइनल खेलहरु :

पहिलो खेल : शान्तिनगर युथ क्लब Vs  त्रिभुवन आर्मी क्लब (पहिलो क्वार्टर फाईनल)
दोस्रो खेल : केसिटिसी Vs वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (दोस्रो क्वार्टर फाईनल)

समुह चरणको खेलहरु पछि अंकतालिका 

POINTS TABLE

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
KCTC 4 2 1 1 7 +2.44
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
Ultimate Indoor Cricket 4 1 2 1 4 -0.39
Malpokhari Cricket Club 4 0 4 0 0 -5.07

 

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 4 4 0 0 12
Royal PC Fighter 4 3 1 0 9
IOE Pulchowk 4 1 3 0 3
Trimurty Boys 4 1 3 0 3
Lord Buddha Cricket Club 4 1 3 0 3

 

Group C

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
WaiWai GHCA 4 4 0 0 12 +2.14
Tribhuwan Army Club 4 3 1 0 9 +3.25
Nepal Cricket School 4 1 3 0 3 -0.15
IOE Thapathali 4 1 3 0 3 -2.39
Oasis Cricket Academy 4 1 3 0 3 -2.97

 

Group D

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Inter – District Sport Club 4 3 1 0 9 +0.749
Makwanpur Cricket Club 4 3 1 0 9 +0.451
Rautahat XI 4 3 1 0 9 +0.149
Tikapur Cricket 4 1 3 0 3 -0.372
Butwal Cricket Boys 4 0 4 0 0 -0.693

 

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]