IPL M24 : टस जितेर कोलकाताले ब्याटिंग रोज्यो, दुवै टिममा एउटा परिवर्तन

युएईमा जारि १३ औं आईपीएल २४ औं खेलमा कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम अबुधाबीमा हुने खेल ३:४५ बजे दिउसो सुरु हुँदैछ।

हालसम्म ५ खेल खेलेको कोलकाता ३ जित र २ हारपछि अकंतालिकाको चौथौं स्थानमा छ भने ६ खेल खेलेको पन्जाबले १ खेलमा जित निकाल्दै मात्र २ अंक बटुल्न सकेको छ जसकारण तालिकाको पुछारमा छ। कोलकातालाई आजको खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। लगातार खराब प्रदर्शन गर्दै आएको पन्जाब आजको खेलमा आफ्नो पराजय यात्रालाई पुर्णविराम लगाउन चाहन्छ।

टस जितेर कोलकाताले ब्याटिंग गर्ने 

खेलमा कोलकाताले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ।

कोलकाताले टिममा एउटा परिवर्तन गरेको छ। शिभम माभीको स्थानमा फास्ट बलर प्रसिध कृष्णलाई खेलाइएको छ। माभी फिट नभएको बताईएको छ। कृष्णले आईपीएलमा १८ खेल खेल्ने क्रममा १४ विकेट लिएका छन्।

प्रसिध कृष्ण

कोलकाताको अन्तिम ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स,प्रसिध कृष्ण , कमलेश नगरकोटी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

पन्जाबले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई पुनः मौका दिईएको छ। कटरेलले लगातार २ खेलमा विकेटविहिन रहेका थिए। क्रिस गेललाई भने पन्जाबले अझै मौका दिएको छैन।

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलास पुरन , मन्दिप सिंह, मुजिब उर रहमान, रभी बिस्नोइ, क्रिस जोर्डन , मोहम्मद शामी, सिमरन सिंह, अर्शदिप सिंह

IPL मा आज २ खेल : कोलकाता र बैंगलोरसंग चेन्नाई र पन्जाबलाई जित्ने दबाब

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

लगातार तेश्रो जितपछि मुम्बईलाई पछि पार्दै दिल्ली शिर्षमा

नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]