काठमाण्डौको सामान्य प्रदर्शन, पोखरालाइ ९९ रनको लक्ष्य

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

किर्तिपुर मैदानमा जारि दिनको पहिलो खेलमा काठमाण्डौ किंग्स ११ र पोखरा राइनोज भिडीरहेका छन् ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

पहिले ब्याटिंग गरेको काठमाण्डौ किंग्स ११ ले सामान्य प्रदर्शन गर्दै २० ओभरको समाप्तीमा ८ विकेट गुमाएर ९८ रन बनाएको छ ।

पहिलो ओभरमा नै ओपनर अमित श्रेष्ठ र कप्तान फर्वीज महरूफ़लाई शुन्य रनमा गुमाएको उसका लागि अर्का ओपनर सागर पुनले धैर्यसाथ खेल्दै टिमलाई सम्हालेका थिए । सागर पुनले शक्ति गौचनको बलमा क्याच आउट हुनु अघि ३७ रन बनाउन ४३ बल खेले जसमा १ छक्का र २ चौका सामेल थियो ।

त्यस्तै राजु रिजालले २९ बलमा १७, सोमपाल कामिले १७ बलमा १० रन बनाउदा सिद्धान्त लोहनी ४, अक्ष्यु फर्नान्डो ७, अमर सिंह रौटेला ६ रन बनाएर आउट भए । बिक्रम भुसालले ६ बलमा अविजित ८ तथा एस कुमारले अविजित १ रन बनाए ।

पोखराका लागि कप्तान शक्ति गौचनले २० रन खर्चेर अमर सिंह रौटेला र सागर पुनलाई आउट गरे, सुशन भारी र बिक्रम सोबले पनि समान २ विकेट हात पार्दा ताज वली र इस्रार उल्लाहले समान १ विकेट लिए ।

केहि समयपछी लक्ष्य पछ्याउन पोखरा मैदानमा उत्रने छ ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]