कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स नेपालगन्जलाई

शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो।

खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए। कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए।

अमर सिंह रौटेला

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो। उसको लागि सन्दिप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। बिबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिबी वारियर्सका अमर सिंह रौटेला चुनिए।

प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए जसले १० हजार रुपैया पाए। यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश बिस्ट तथा उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए जसले जनही ५ हजार रुपैयाँ चुनिए।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्री, बाँके जिल्ला क्रिकेट संघका सदस्य तथा अन्तर्राष्ट्रिय अम्पायर मनमोहन लम्साल, बिबी साइकलका प्रोपाइटर सरिफ बागवान लगायतले पुरस्कार वितरण गरे।

पुष २० गते देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलिहरु सहभागी रहेका थिए।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]