प्रधानमन्त्रीले भेटे क्यान पदाधिकारी, खेलाडी तथा कलाकारलाई

२०८१ श्रावण २०, आईतवार १४:०६

काठमाडौं । टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् ।

यस विषयमा प्रधानमन्त्री आइतबार क्यानका केही पदाधिकारी, पुर्व क्रिकेटर, वर्तमान टिमका सदस्य, क्रिकेटप्रमी कलाकारहरुलाई संयुक्त रुपमा भेटेर सल्लाह गरेका छन् ।

संयुक्त भेटघाट भएको प्रधानमन्त्री स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।’ प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन् ।

मन्त्रीपरिषदको पहिलो बैठकबाट नै टियु मैदानलाई ३०० दिनमा नै अन्तर्राष्ट्रिय स्तरको सुविधासपन्न बनाउँने निर्णय गराएका प्रधानमन्त्री ओलीले त्यसका लागि सक्रियता देखाइरहेका छन् ।

यसै सिलसिलामा उनले केही दिनअघि क्यान अध्यक्ष लगायतलाई पनि भेटेका थिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy