कैलाली प्रिमियर लिग : सेमिफाइनल समिकरण पूरा

धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिगको तेस्रो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ।

सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ।

यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनल पुगेका हुन्। तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो। लिग कम नकआउटमा खेलाइएको यो प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेलिरहेको छ।

फाल्गुन १३ गते अर्थात भोली पहिलो सेमिफाइनल बिहान ९ बजे समूह ए बाट विजेता बनेको कैलालीको गोदावरी नगरपालिका र समूह बी बाट विजेता बनेको कञ्चनपुरको पुनर्वास बी का बीचमा हुनेछ। त्यस्तै दोश्रो सेमिफाइनल भोली नै दिउँसो २ बजे समूह सी को विजेता बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ। फाइनल खेल भने फाल्गुन १४ गते दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ।

भिमदत्तलाइ सेमिफाइनलमा पुर्याउन अरुण ऐरीले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभर बलिङ गरेका ऐरीले २० रन खर्चिदै ४ विकेट लिएभने ३ क्याच समेत समातेका हुन। उनी प्लेयर अफ दी म्याच चुनिए। लम्कीचुहा नगरपालिकाले दिएको ९७ रनको झिनो लक्ष्य भिमदत्तले १६ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएर पूरा गर्यो। उस्का लागि साजन बिटालुले अविजित ३१ रनको आक्रामक इनिङ खेले। त्यस्तै मिलन बोहराले अविजित २६ रनको सुझबुझपूर्ण ब्याटिङ गरे। लम्कीचुहाका लागि अघिल्लो खेलका प्लेयर अफ दी म्याच डम्मर माझीले २ विकेट लिए। त्यस्तै सुरेश भण्डारी र सागर बिसीले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीचुहाले १९।२ ओभरमा अलआउट हुँदै मात्र ९६ रन बनायो। लम्कीचुहाका लागि रबिन भण्डारीले सर्वाधिक २७ तथा हेमन्त चलाउनेले २४ रनको योगदान दिए। भीमदत्तका लागि अरुण ऐरीले ४,समिर बिस्टले ३ तथा सन्तोष भट्ट र मिलन बोहराले समान एक एक विकेट लिए।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो। तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ। पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो। प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ। सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]