ज्ञानेन्द्रको रोयल्समाथि पारसको राइनोज हाबि : पिपिएल टि-२०

Chitwan Rhinos
  • विकेटनेपाल, कार्तिक १५ – बिहिबार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सलाई पराजित गर्दै प्रतियोगिताको दोश्रो जित दर्ता गरेको छ। काठमाण्डौको भने तेस्रो खेलमा यो पहिलो हार रहेको छ।

छैठौ दिनको पहिलो खेल अन्तर्गत चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाण्डौले सम्पूर्ण ओभर खेल्दै ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो र १३ रनले पराजित भयो।

काठमाण्डौका लागि अघिल्लो दुई खेलमा दुई अर्धशतक प्रहार गरेका गौरव तोमारले ३९ रनको पारि खेले भने ज्ञानेन्द्र मल्लले ३० रन, पवन सर्राफले २८ रन र जयकिशन कोल्सावालाले १८ रन प्रहार गरेपनि जित दिलाउन सकेनन्।

बलिङ्गतर्फ करण केसीले अमित श्रेष्ठ, ज्ञानेन्द्र मल्ल र अमरसिंह रौटेलालाई आउट गर्ने क्रममा ४ ओभरमा ३४ रन खर्चिए भने पारस खड्काले २ विकेट (२-०-२३-२ ) लिए। त्यस्तै सन्नी पटेल, स्मिथ पटेल र भुवन कार्कीको नाममा १/१ विकेट रह्यो। शक्ति गौचनले बलिङ्ग गर्ने मौका पाएनन्।

यस अघि पहिलो इनिंगमा पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो।

Hari Shankar Saha, Anil Sah
Hari Shankar Saha, Anil Sah

चितवनका लागि हरि शंकर रानाले सर्वाधिक ६० रनको योगदान गरेका थिए। यस्तै स्मित पटेलले ३१, पारस खड्काले १४ तथा सन्नी पटेलले १३ रन जोड्न सफल रहेका थिए।

प्रतियोगिताको लगातार दोस्रो अर्धशतक बनाउने क्रममा चितवनका हरि शंकर शाहाले ६० रनको इनिंग खेलेका थिए। ४९ बलको सामना गरेका हरिले ५ चौका र ३ छक्का सहित ६० रन जोडेका थिए।

Hari Shankar Shaha
Hari Shankar Shaha

पहिलो विकेटका लागि ओपनर अनिल साहसंग ५४ रनको साझेदारी गर्दै हरिले टोलीलाई राम्रो सुरुवात दिएका थिए। अनिल व्यक्तिगत २७ रनको स्कोरमा बसन्त रेग्मीको शिकार बनेका थिए। त्यसअघि उनले २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै चितवनका लागि कप्तान पारस खड्काले १४ रन जोड्दा नन्दन यादवको बलमा बोल्ड भएक थिए। त्यसपश्चात चितवनका लागि बिदेशी खेलाडी जोडी स्मित पटेल र सन्नी पटेलले क्रमश ३१ रन र १३ रन जोड्दै चितवनको इनिंगलाई १४९ रनसम्म पुर्याएका थिए ।

काठमाण्डौको बलिङ्गतर्फ बसन्त रेग्मीले सर्वाधिक २ विकेट (३-०-२१-२) हात पारेका थिए । यस्तै पवन सर्राफ र नन्दन यादवको नाममा समान १-१ विकेट रह्यो।

Man of the Match : Hari Shankar Shah
Man of the Match : Hari Shankar Shah
Man of the Match : Hari Shankar Shah
Man of the Match : Hari Shankar Shah
Paras Khadka
Paras Khadka
Hari Shankar Shah
Hari Shankar Shah




थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]