ओमानको लज्जास्पद प्रदर्शन

ओमान भ्रमण अन्तर्गत रहेको भारतको मुम्बई रन्जी टिमले दोश्रो खेलमा घरेलु टोलिलाई २३१ रनको विशाल अन्तरले पराजित गरेको छ। पहिलो खेल ४ विकेटले जितेको मुम्बईले ४ खेलको सिरिजमा २-० को अग्रता हाँसल गरेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा मुम्बईले दिएको ३०१ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २२.५ ओभरमा ६९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ओमानको लागि मोहम्मद नदीमले सर्वाधिक ३५ तथा शोयब खानले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन्।

मुम्बईका दायाँ हाते फास्ट बलर मोहित अवस्तीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ६ ओभरमा ३१ रन खर्चिए। ध्रुमिल मटकरले ३ विकेट , दिपक शेट्टीले २ तथा अमन खानले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले ५० ओभरमा ८ विकेट क्षेतीमा ३०० रन बनाएको थियो। उसको लागि अर्मान जाफरले शतक बनाउने क्रममा ११४ बलमा ११ चौका र ३ छक्का मद्दतले १२२ रन बनए। सुजित नायकले अविजित ७३ तन तथा यशस्वी जैसवालले २७ रन बनाए। ओमानको बलिंगमा मोहम्मद नदीमले ४ विकेट, नेस्टर धम्बाले २ विकेट तथा कलेमुल्लाह र अकिब इल्यासले समान १ विकेट लिए।

सिरिज अन्तर्गत  तेश्रो र चौथो खेल सेप्टेम्बर २ र ३ तारिखमा खेलिनेछ। दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]