ललितपुर प्याट्रीयट्सले दियो चितवन टाईगर्सलाई १३१ रनको लक्ष्य

  • विकेटनेपाल, पौष ८ – शनिबार  

चितवन टाईगर्सका बलरले बिचका ओभरमा लगातार रुपमा विकेट लिएपछी ललितपुर प्याट्रीयट्स आफ्नो पहिलो इनिंगमा १३० रनमा समेटिएको छ। किर्तिपुर मैदानमा जारि एभरेस्ट प्रिमियर लिगको दिनको दोस्रो खेलमा ललितपुरले चितवनलाई १३१ रनको विजय लक्ष्य प्रस्तुत गरेको हो।

टस जित्दै ललितपुर प्याट्रीयट्सका कप्तान ज्ञानेन्द्र मल्लले पहिले ब्याटिंग गर्ने निर्णय लिएपनि सो निर्णय ललितपुरका लागि सफल हुन सकेन। ओपनर ब्याट्समेनहरु जयकिसन कोल्सावाला र शंकर रानाले सम्हालियर सुरुवात गरेपनि बिचका ओभरमा चितवन टाईगर्सका बलरले लगातार रुपमा विकेट लिएपछि ललितपुर सस्तैमा समेटिन पुग्यो। निर्धारित २० ओभरमा अल आउट हुन अघि ललितपुरले १३० रन जोड्दै चितवनलाई १३१ रनको सामान्य बिजयी लक्ष्य दिएको छ।

ललितपुरको ईनिंगमा जयकिसन कोल्सावालाले ३१, शंकर रानाले २७ र सुबोध भाटीले २३ रन बनाउन बाहेक अन्य कुनै ब्याट्समेनले राम्रो खेल प्रदर्शन गर्न सकेनन्। ३१ बल खेलेका कोल्सावालाले ३ चौका प्रहार गर्दै ३१ रन जोडेका थिए। १०औं ओभरको अन्तिम बलमा कमलसिंह ऐरीको बलमा दिलिप नाथलाई क्याच थमाउदै कोल्सावाला आउट भएसंगै ललितपुरको रन गतिमा ब्रेक लाग्यो। पवन सर्राफको स्थानमा आज ओपनिंग गर्न आएका शंकर रानाले पनि २७ रनको योगदान दिए। ३७ बलको सामना गरेका रानाले ४ चौका प्रहार गरे।

सोनु तामांग, ज्ञानेन्द्र मल्ल जस्ता ब्याट्समेन चल्न नसक्दा चितवन पहिलो इनिंगमा ललितपुरमाथि हावी भयो। कुनै समय ९९/५ को अवस्थामा रहेको ललितपुरको इनिंगलाई सुबोध भाटीले मात्र ८ बलमा २३ रन बनाउदै उकास्ने प्रयास गरे। ८ बल खेलेका भाटीले ३ छक्का प्रहार गर्दै ललितपुरका समर्थकलाई खुसि मनाउने मौका दिए।

कसिलो बलिंग गर्ने क्रममा चितवन टाईगर्सका योगेन्द्रसिंह कार्कीले ४ विकेट लिए। ४ ओभर बलिंग गरेका कार्कीले ३१ रन खर्चेर ४ विकेट लिए। प्रवीण गुप्ता र प्रमेश कुमारले समान २-२ विकेट लिएको खेलमा कमलसिंह ऐरीले पनि एक विकेट लिए। ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका प्रविण गुप्ताले सोनु तामांग र शंकर रानाको महत्वपूर्ण विकेट लिएका थिए।

१३१ रनको बिजयी लक्ष्य लिएर चितवन टाईगर्सले जवाफी ब्याटिंग सुरुगरेको छ। यसअघि आज सम्पन्न पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई ३५ रनले पराजित गरेको थियो।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]