ललितपुरद्वारा पोखरा पराजित, दोश्रो क्वालिफायरमा भैरहवासँग भिड्ने

  • विकेटनेपाल, पौष १२  – बुधवार 

एभरेस्ट प्रिमियर लिगको ईलिमिनेटर खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई २७ रनले पराजित गरेको छ । यो  सँगै ललितपुरले दोश्रो क्वालिफायरमा भोलि भैरहवा ग्लाडीएटर्सको सामना गर्ने छ । बिराटनगर वारियर्सले पहिलो क्वालिफायरमा भैरहवालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

|| स्कोरकार्ड ||

आज भएको दिनको दोश्रो अर्थात ईलिमिनेटर खेलमा ललितपुर प्यात्रीयाट्सले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा राइनोज १९.२ ओभरमा अलआउट हुदै मात्र १११ रन बनाउन सक्यो । पोखरालाई सस्तैमा रोक्न ललितपुरका बलर सन्दिप लामिछानेले ३ विकेट हात पार्न ३ ओभरमा २७ रन खर्चे । सन्नी पटेलले २ विकेट हात पार्न ४ ओभरमा १२ रन खर्चिदा पवन सर्राफले पनि ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट हात पारे । रशिद खानले ३.१ ओभरमा ३० रन खर्चेर २ विकेट लिदा दिपेश भण्डारीले १ विकेट झारे ।

ब्याटिंगतर्फ पोखराका लागि इस्रार उल्लाहले २२ बलमा २ छक्का सहित २५ रन, किशोर महतोले १३ बलमा १ छक्का र २ चौका सहित २३ रन तथा सुशन भारीले २५ बलमा २ चौका सहित १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन ।

 

यसअघि पहिले ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १३८ रनको योगफल तयार पारेको थियो ।

टस जित्दै पोखरा राईनोजले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको ललितपुरले उत्कृस्ट सुरुवात गर्यो। पहिलो विकेटका लागि ओपनर ब्याट्समेनहरु जयकिसन कोल्सावाला र शंकर रानाले ६० रनको साझेदारी गरे।

टोलीलाई राम्रो सुरुवात दिनेक्रममा ओपनर जयकिसन कोल्सावालाले २८ रन बनाए। २२ बल खेलेका कोल्सावालाले ३ चौका र १ छक्का प्रहार गरे। प्रतियोगिताभरि नै आफ्नो संयमित ब्याटिंगको कारण चर्चा कमाएका कोल्सावालाले यस खेलमा पनि त्यस्तै ब्याटिंगको प्रदर्शन गरे।

त्यस्तै अर्का ओपनर शंकर रानाले पनि ललितपुरको इनिंगमा ३४ रनको योगदान गरे। ४३ बल खेलेका रानाले ४ चौका र छक्का समेत प्रहार गरे।

शंकर राना र जयकिसन कोल्सावालाले उत्कृस्ट ब्याटिंग गर्दै ललितपुरलाई ठुलो स्कोर तर्फ लागिरहेका समयमा इस्रारुल्लाह र सुशन भारीले विकेट लिंदै पोखरालाई खेलमा ल्याए।

६० रन बनाउंदा कुनै विकेट नगुमाएको ललितपुरले थप १६ रन जोड्न ५ विकेट गुमायो। ज्ञानेन्द्र मल्ल, सोनु तामांग र कुशल भुर्तेल चल्न नसक्दा ललितपुरको ठुलो स्कोर बनाउने सपाना टुट्यो।

खेलको बीच ओभरमा पोखरा राईनोजका बलरले विकेट लिंदै रन गतिलाई घटाए पनि खेलको अन्त्य तर्फ ललितपुरका दुई ब्याट्समेनहरु सन्नी पटेल र दिपेश भण्डारीले ठुला सट प्रहार गर्दै ललितपुरको इनिंगलाई १३८ रन सम्म पुर्याए।

२६ बल खेलेका सन्नी पटेलले २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडे। त्यस्तै दिपेश भण्डारीले पनि १७ बलमा १९ रनको योगदान दिए।

सुरुवाती ओभरमा फिक्का देखिएको पोखराको बलिंग बिचका ओभरमा भने उत्कृस्ट रह्यो। पोखराको लागि इस्रारुल्लाहले ३ तथा सुशन भारीले २ विकेट लिए। ४ ओभर बलिंग गरेका इस्रारुल्लाहले १४ रन खर्चेर ३ विकेट लिए भने समान ओभर बलिंग गरेका सुशन भारिले ३३ रन खर्चेर २ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy