जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध १२१ रनको फराकिलो अग्रता लिएको छ।

फलो अनमा परेको मधेश दोस्रो इनिङमा कुनै पनि विकेट नगुमाइ दुई रन बनाएको छ। मधेसका हिमान्शु दत्त र मायन यादव क्रिजमा छन्।

मधेशले यही स्थितीबाट आइतबार दोस्रो दिनको सुरुआत गर्नेछ।

पहिलो इनिङमा १०२ रनमै समेटिएपछि मधेशले फलो अनको सामना गरेको थियो। मधेशका लागि कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मायन यादवले ११ र प्रदीप पासवानले १० रन बनाए।

आर्मीका लागि शाहब आलमले ६ तथा सोमपाल कामी, बसिर अहमद र पवन कार्कीले समान एक विकेट लिए।

त्यसअघि वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २२५-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

आर्मीका लागि बसिर अहमदले ९८ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे। यसैगरी भीम सार्कीले ९३ बलमा ६ चौकाको मद्दतले ५२ र इम्रान शेखले ४२ रन जोडे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy