कुशलको लागि व्यक्तिगत प्रदर्शन भन्दा नेपाल जित्नु महत्वपूर्ण

घरेलु मैदानमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट प्रदर्शन गरिरहेका नेपाली ओपनर कुशल भुर्तेलले व्यक्तिगत प्रदर्शन भन्दा टिम जित्नु ठुलो कुरा भएको बताएका छन्। डेब्यु टि-२० अन्तर्राष्ट्रियमा नेदरल्याण्डसंग ६२ रन बनाएका भुर्तेलले सोमबार मलेसियासंग नेपालको जितमा अविजित ६१ रन बनाए। जितपछि भुर्तेलले प्रतिक्रिया दिए –

“खुसि लागेको छ , पहिलो कुरा त टिम जित्नु ठुलो कुरा हो। अस्ति धेरै लक्ष्य थियो , आज अझ थोरै भएकोले दबाब थिएन। आज आसिफ र मेरो नट आउट खेल्ने योजना थियो। त्यसैले आज सहज भयो र जोखिमपूर्ण सट खेल्न परेन।”

दायाँ हाते आक्रामक ब्याट्सम्यान भुर्तेलले नेदरल्याण्डसंग अघिल्लो खेलमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु भएता पनि आफुमा कुनै पनि किसिमको नभएको बताए – “अस्ति डेब्यु थियो तर दबाब केहि पनि थिएन मलाई। यो भन्दा पचिले मैले कठिन मेहनत गरेको थिए , यसकै लागि भनेर गरिरहेको थिएँ। यो मौका पाएको थिए त्यसैले यसलाई गुमाउदिन भन्ने योजना थियो। जुन स्किल थियो त्यसैलाई खेल्दा लागु गरेको मात्र हो।”

https://www.facebook.com/WicketNepal/posts/2159988107471313

नेपाल पुलिस क्लबको लागि घरेलु क्रिकेट खेल्ने तथा यस अघि नेपाली अन्डर-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका भुर्तेलले खेलमा आफुलाई दिईएको जिम्मेवारी पुरा गरेको बताए –

“एउटा रोल मलाई र आसिफलाई दिईएको छ त्यही रोलमा खेलीरहेको हो।” २४ वर्षीय ब्याट्सम्यानले ओपनिंग गर्दै आएकोले मुस्किल नभएको बताए – “२-३ वर्ष भयो ओपनिंग गरेको, इमर्जिंग कप २०१७ देखि ओपनिंग गरेको हुँ। मलाई सहज लाग्छ ओपनिंग गर्न।”

लगातार दुई वटा अर्धशतक बनाएका कुशल नेपालको लागि लगातार दुईवटा टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान समेत बनेका छन्।

यो पनि पढ्नुस 

त्रिदेशीय सिरिजको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

मलेसिया बिरुद्ध विशाल जितमा बनेका ९ कीर्तिमान

नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]