सन्दिपको उत्कृस्ट बलिंगमा मलेसिया ४५ रनमै अलआउट

सन्दिप लामिछानेले ५ विकेट हात पारेपछि नेपाल यु-१९ क्रिकेट टिमले मलेसिया यु-१९ लाई ४५ रनमै सिमित गरेको छ l

बायुमास ओभलमा यु-१९ युथ एसिया कपको तेश्रो खेल वर्षाले ढिला सुरु भएको थियो l निर्धारित समय भन्दा ५ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जित्यो र पहिले बलिंग गर्ने निर्णय गर्यो l

वर्षाको कारण खेल २४ ओभरमा झारिएको थियो l

लगातार पानि परेपछि रोकिएको मौसमको नेपालले फाइदा उठायो र लगातार विकेट लिंदै मलेसियालाई ४५ रनमै खुम्च्यायो l

नेपालको लागि सन्दिप लामिछानेले सर्बाधिक ५ विकेट तथा दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरेका छन् l यस्तै अनिल कुमार शाहले १ विकेट हात पारे l

सन्दिपले ४.३ ओभर बलिंग गर्दै ८ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् l यस्तै कप्तान दिपेन्द्र ऐरीले २ ओभरमा १ मेडन ओभर सहित १ रन दिएर २ विकेट लिए भने शाहब आलमले ३ ओभरमा ३ रन खर्चदै २ विकेट आफ्नो नाम गरे l

नेपालले मलेसियासंगको खेल ठुलो अन्तरले जित हात पार्नुपर्ने आवस्यकता रहेको छ l अंकतालिकामा भारत र नेपालको १/१ जित रहेको छ र भारत नेट रनरेटको आधारमा अघि रहेको छ l

यो अवस्थामा यदी बंगलादेशले भारतलाई पराजित गरे र नेपालले खेल जिते नेपाल स्वतः सेमीफाइनल प्रवेश गर्नेछ l यदी भारतले बंगलादेशलाई तथा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेट रनरेटको आधारमा फैसला हुनेछ l

यदी नेपालले खेल जित्यो तथा भारत-बंगलादेश खेल बराबरीमा रोकियो भने नेपाल सेमीफाइनल प्रवेश गर्नेछ l

भारतले बंगलादेशसंग जारि खेलको पहिलो इनिंगमा ब्याटिंग गर्दै निर्धारित ३२ ओभरमा १८७ रनको स्कोर खडा गरेको छ l

( फिचर फोटो – फाइल )

फाइल फोटो

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy