म्याक्स ओ’ डोडको ऐतिहासिक विस्फोटक शतक, नेदरल्याण्डद्वारा मलेसियालाई विशाल लक्ष्य

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान कीर्तिपुरमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाउदै मलेसियालाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर टोबेस भाइस १ रन बनाएर तेश्रो ओभरमा पवनदिप सिंहबाट बोल्ड भएपछि अर्का ओपनर म्याक्स ओ’डोडले एक किनार सम्हालेर ब्याटिंग गरे। ओ’डोडले दोश्रो विकेटको लागि स्कट एड्वार्ड्ससंग ४९ रनको साझेदारी गरे। २३ बलमा ३ चौका र १ छक्का मद्दतले ३१ रन बनाएका एड्वार्ड्सलाई नवौं ओभरमा अनवर रहमानले एलबिडब्लु आउट गरे।

ओ’डोडले त्यसपछि आक्रामक ब्याटिंग गर्दै तेश्रो विकेटको लागि बेन कुपरसंग उत्कृस्ट साझेदारी गर्दै नेदरल्याण्डको योगफल १५० पार गराए। सोहि क्रममा उनले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे। तेश्रो विकेटको लागि ओ’डोड र कुपर बीच अविजित १२५ रनको साझेदारी भयो।

म्याक्स ओ’ डोडले अविजित १३३ रन बनाए जुन क्रममा मात्र ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरे। कुपरले अविजित २० रन बनाए।

म्याक्स ओ’ डोडको शतक नेदरल्याण्डको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमानै पहिलो शतक हो। यस अघि पिटर सिलरले बनाएको ९६ रन नेदरल्याण्डको उच्च व्यक्तिगत स्कोर थियो।

मलेसियाको बलिंगमा पवनदिप सिंह र अनवर रहमानले समान १ विकेट लिए। स्कोरकार्ड 

सिरिज अन्तर्गत नेपालले दोश्रो खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ। पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

धेरैले पढेको 

https://wicketnepal.com/dutch-captain-le-gare-tarif-wn21/

https://wicketnepal.com/kushal-aasif-world-record-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]