मेयर कप : नेपाली घरेलु क्रिकेटमा सन्दिपको पुनरागमन, आज पनि दुई खेल हुँदै

काठमाडौँमा शनिवार सुरु भएको ‘काठमाडौँ मेयर कप’ एक दिवसीय प्रतियोगिता अन्तर्गत दोश्रो दिन आइतबार पनि दुईवटा खेलहरु संचालन हुनेछन्। शनिवार पहिलो दिन सम्पन्न खेलहरुमा टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले तथा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

आइतबार टियु मैदान किर्तिपुरमा एपीएफ अर्को विभागीय टोलि नेपाल पुलिस क्लबसंग खेल्नेछ। यस्तै मुलपानी मैदानमा हुने खेलमा बागमती प्रदेश र काठमाडौँ मेयर-११ बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल विहान ९ बजे सुरु हुनेछ।

पहिलो खेलमा जित पछि पुलिसलाई पराजित गर्दै एपीएफ फाइनल पुग्ने सम्भावना मजबुत बनाउन चाहन्छ भने हारको संघारमा पुगेर कठिन जित निकालेको पुलिस पनि त्यो लय कायम राख्न चाहन्छ। अर्कोतर्फ युवा खेलाडीहरुले भरिपूर्ण काठमाडौँ मेयर-११ ले ज्ञानेन्द्र मल्ल कप्तानीको अनुभवी खेलाडीहरु सम्मिलित बागमती प्रदेशलाई चुनौती दिन सक्नेछ या छैन हेर्न लायक हुनेछ।

लामो अन्तरलमा सन्दिपको घरेलु क्रिकेटमा पुनरागमन

लामो अन्तरल पछि नेपाली घरेलु क्रिकेटमा स्टार लेग स्पिनर सन्दिप लामिछानेले पुनरागमन गर्ने भएका छन्। मुलपानी मैदानमा काठमाडौँ मेयर-११ टिमको नेतृत्व सन्दिपले गर्नेछन्। पाकिस्तान सुपर लिग खेल्न गएका सन्दिप कोरोनाका कारण प्रतियोगितानै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए जसपछि नेपाल क्रिकेट संघले उनलाई मेयर-११ टिमको कप्तान नियुक्त गरेको थियो। पाकिस्तान जाने निश्चित हुनु अघि पनि सन्दिप मेयर कपमा काठमाडौँ मेयर-११ टिमबाट खेल्ने निश्चित थियो।

उनले पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको प्रतिनिधित्व गर्दै चितवन टाइगर्स बिरुद्ध खेलेका थिए। लिगमा मात्र २ खेल खेलेर उनि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका थिए। सन्दिपले चितवन टाइगर्स बिरुद्ध ३ विकेट तथा त्यस अघि बिराटनगर वारियर्स बिरुद्ध २ विकेट लिएका थिए।

Sandeep Lamichhane ले अन्तिम पटक २०१८ को ईपिएलमा नेपालमा घरेलु क्रिकेट लिग खेलेका थिए

सन्दिपले २०१८ अक्टोबरमा पोखरा प्रिमियर लिगमा बिराटनगर टाईटन्स टिमको कप्तानी गर्दै पुरै प्रतियोगिता खेलेका थिए। त्यस अघि उनले २०१७ को एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रिएट्सको प्रतिनिधित्व गर्दै पुरै प्रतियोगिता खेलेका थिए। उनले धनगढी प्रिमियर लिगको २०१७ को संस्करणमा बिराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए। फ़्रेन्चाइज् टि-२० लिग बाहेक सन्दिप लामिछानेले अन्य घरेलु लिग खेलेका थिएनन्। गत वर्ष फेब्रुअरीमा नेपाली भूमिमा आयोजित विश्वकप लिग-२ अन्तर्गतको ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजमा सन्दिप अन्तिम पटक नेपाली मैदानमा खेल्दै गरेको समर्थकहरुले देख्न पाएका थिए।

शनिवार टियु क्रिकेट मैदानमा सन्दिपले पहिलो पटक काठमाडौँ मेयर-११ टिमसंगै अभ्यास गरेका थिए। उनले अभ्यास पछि एपीएफ र आर्मी बीचको खेल समेत हेरेका थिए।

काठमाडौँ मेयर-११ टिममा सिद्धान्त लोहनी, सौरभ खनाल, कृष्ण कार्की, हरिशंकर शाह जस्ता अनुभवी खेलाडीहरु रहेका छन् भने उदयमान खेलाडीहरु विवेक यादव, अर्जुन कुमाल, अनिल खरेल, अनुज चुनारा जस्ता खेलाडीहरु पनि रहेका छन्।

काठमाडौँ मेयर-११ टिम : सन्दिप लामिछाने ( कप्तान ) , सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा

सम्बन्धित : 

काठमाडौँ मेयर कप, कुन टिममा को-को छन् खेलाडी

बाग्मतीसँग पुलिस दुई रनले विजयी

सुमित र बसन्त चम्किदा रोमान्चक खेलमा एपीएफसँग आर्मी पराजित





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]