एमसीसी क्रिकेट टोलि नेपाल आउने

विश्व क्रिकेटका नियम बनाउने क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब नेपाल भ्रमणमा आउने भएको हो । टिम कार्तिक तेस्रो साता नेपाल आउदै छ ।

दश दिनसम्म नेपालमा रहने टिमले काठमान्डौ र पोखरामा तिन दिवसिय, एकदिवसिय र टि-२० खेल खेल्नेछ । तर कुन खेल कतिवटा हुने भन्नेबारे एकिन भईसकेको छैन । एकदिवसिय र टि-२० खेलमा उमेर समुहका खेलाडीको समेत सहभागिता रहने छ भने तिन दिवसियमा राष्ट्रिय टिमले सहभागिता जनाउने छ । उक्त भ्रमण नोभेम्बर २ देखि १२ तारिख सम्मको हुनेछ ।

नेपालले सन् २००३ मा घरेलु मैदानमा नै पहिलोपल्ट एमसिसीसंग खेलेको थियो । इंग्ल्याण्डको प्रथम श्रेणी क्रिकेटका चर्चित पाउल एट्किन्सको कप्तानीमा नेपाल आएको एमसीसीले ३ वटा ४५ ओभरको खेल खेलेको थियो । उक्त सिरिज एमसीसीले क्लिन स्विप गरेको थियो ।

त्यसपछि एमसीसी पुन: २००९ मा नेपाल आयो । इंग्ल्याण्डका पुर्व टेस्ट क्रिकेटर मिन पटेलको नेतृत्वमा रहेको एमसीसीले ३ एकदिवसीय र एक एक तिन दिवसिय र टि-२० खेल खेलेको थियो । उक्त सिरिजको तिन दिवसियमा नेपालले १ पारि र ११७ रनको फराकिलो जित निकालेको थियो । त्यस्तै नेपालले तिन एकदिवसीयमा २-१ र टि-२० मा १-० को जित निकालेको थियो ।

नेपालको लर्ड्स भ्रमण २०१६

त्यसपछि सन् २०१५ मा पुन: नेपाल आएको एमसीसीले किर्तिपुर मैदान, पोखरा मैदान र मुलपानी मैदानमा गरि ६ खेल खेलेको थियो ।

लगत्तै सन् २०१६ मा नेपाल र बेलायतको दैत्य सम्बन्धको २०० औं बर्ष उत्सब मनाउन नेपाल पहिलोपल्ट एमसीसीको घरेलु मैदान अर्थात विश्व क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा पुगेको थियो । जुन नेपालको पहिलो लर्ड्स भ्रमण समेत थियो । सो अवसरमा खेलिएको एकमात्र एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।

नेपालले फेरी नेदरल्याण्डसमेत सम्मिलित त्रिकोणात्मक सिरिजमा लर्ड्सको भ्रमण गर्यो । श्रीलंकाका पुर्व कप्तान माहेल जयवर्धनेको कप्तानीमा रहेको एमसीसीसँग ६ ओभर (२० ओभरको खेलमा बर्षाले प्रभावित पारेपछि ) को खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको थियो ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]