माछापुच्छ्रे क्रिकेट लिगको अक्सन हुँदै, यसरी हुनेछ खेलाडीहरुको लिलामी

  • विकेटनेपाल, साउन २२

पोखरामा साउन १६ देखि २८ सम्म संचालन हुने माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिताको लागि खेलाडी छान्न अक्सन सुरुभएको छ l

पोखराको बाटिका होटलमा ११:३० बजेबाट सुरु भएको अक्सनमा १३५ जना खेलाडीहरु माथि बोलि लाग्नेछ l अक्सनमा सहभागी हुने खेलाडीहरु सबै गण्डकी र धौलागिरी अंचलका हुन् l

प्रतियोगितामा ६ टोलि सहभागी हुँदै छन् जसलाई कप्तानी गर्ने खेलाडीहरु घोषणा गरिसकिएको छ l प्रत्येक टिमको कप्तानहरुले रु. १० हजार पाउनेछन् भने अन्य खेलाडीहरुको मूल्य अक्सनमा तोकिनेछ l

टिम , कप्तान र मालिक 

१. माछापुच्छ्रे लायन्स  – कप्तान – दिपेश खत्री ( माछापुच्छ्रे क्रिकेट क्लब )
२. भीएम वारियर्स – कप्तान – विजय बिके ( बिनोद महर्जन )
३. डाउन टाउन लायन्स पोखरा – कप्तान – राजु गुरुङ ( लायन्स डाउन टाउन पोखरा )
४. इन्फरम्याटिक्स कलेज चिता – कप्तान – प्रविन ढकाल (  इन्फरम्याटिक्स कलेज )
५. परवान टाईटन्स – कप्तान – राजु थापा ( रेशम केसी )
६. केकेएएएफ स्यांग्जा च्यालेन्जर्स – कप्तान – दिवाकर थापा ( खुलुंग एग्रो फार्म स्यांग्जा )

कसरि हुनेछ अक्सन 

  • एउटा टिमले अक्सनमा रु. ४०,००० सम्म खर्च गर्न पाउनेछ l
  • खेलाडीको निम्नतम मूल्य रु. १ हजार देखि सुरु हुनेछ भने अधिकतम रु. २० हजारमा खरिद गर्न पाउनेछ
  • १४ जना खेलाडीलाई एक टिमले अधिकतम रु. ४०,००० सम्म खर्च गरि किन्न पाउनेछ l
  • पुर्ब घोषित कप्तानले १० हजार रुपैयाँ पाउनेछ l

बिजेता टिमले ३ लाख र उपविजेता टोलिले २ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताको प्रत्येक म्यान अफ द म्याचले २ हजार रुपैयाँ पाउनेछ भने फाइनल खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २० हजार तथा बेस्ट बलर/ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ l

प्रतियोगिताका सम्पूर्ण खेलहरु माछापुच्छ्रे क्रिकेट क्लब मैदान पोखरामा हुनेछ l

लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक-अर्कासंग प्रतिस्पर्धा गर्नेछन् l लिग चरणबाट उत्कृस्ट ४ टोलि प्ले अफ चरण प्रवेश गर्नेछन् l लिगको उत्कृस्ट २ टिम बीच खेलको बिजेता सिधा फाइनल प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिम बीच भएको खेलको बिजेतासंग दोश्रो क्वालिफायर खेल खेल्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ l





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]