त्रिदेशीय सिरिज : फ्यान क्लबले ‘म्यान अफ द म्याच’ र कीर्तिमानी खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने

काठमाण्डौमा जारी त्रिदेशीय टि-ट्वान्टी सिरिजमा प्लेयर अफ द म्याच चुनिएका खेलाडीलाई नगद पुरस्कार नराखेको तथ्यलाई मध्यनजर गर्दै क्रिकेट फ्यानहरुको संस्था नेपाल क्रिकेट फ्यान क्लबले सिरिजमा प्लेयर अफ द म्याच अवार्ड पाउने तथा विश्वरेकर्ड कायम गरेका नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

संस्थाका अध्यक्ष बिनोद विकास सिम्खडाद्वारा जारि बिज्ञप्तिमा नेपाल क्रिकेट संघद्वारा आयोजित सिरिजमा म्यान अफ द म्याच अवार्ड नहुनु हास्यास्पद बताईएको छ। त्यसैले नेपाली खेलाडीको प्रोत्साहन स्वरूप फ्यान क्लब र अमेरिकाको नेप्लिज क्रिकेट नर्थ क्यारोलाइना मिलेर नगद पुरस्कार प्रदान गर्ने निर्णय गरीएको हो।

“काठमाडौँमा चालु रहेको त्रिकोणात्मक सिरिजमा नेपाल क्रिकेट संघले म्यान अफ द म्याचको लागि कुना नगद पुरस्कार राखेको छैन। यसले सम्पूर्ण क्रिकेट प्रेमी फ्यानलाई आघात पुगेको छ। क्यानले आफ्ना बलबुतामा गरेको पहलो सिरिजमा म्यान अफ द म्याचलाई नगद पुरस्कार नराख्नु हास्यास्पद मात्रै नभएर नेपाल क्रिकेटको लागि नयाँ गन्तव्य हुनसक्ने कुरामा पनि प्रश्न चिन्ह खडा गरेको छ।” क्लबद्वारा जारि बिज्ञप्तिमा बताईएको छ।

घोषणा अनुसार सिरिजमा नेपालबाट प्लेयर अफ द म्याच घोषित भएका खेलाडीहरुलाई १ सय डलर तथा विश्वरेकर्ड बनाएका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखलाई जनै १२५ डलर पुरस्कार दिनेछ। प्रतियोगिता सकिए लगत्तै उक्त पुरस्कार खेलाडीलाई उपलब्ध गराउने क्लबले बताएको छ।

सिरिजको प्रत्येक खेलमा उत्कृस्ट खेलाडीहरुलाई क्यानले गिफ्ट ह्याम्पर र मेडलको व्यवस्था गरेको छ। नेपालले खेलेको ४ वटा खेल मध्ये ३ वटा खेलमा नेपाली खेलाडीहरु कुशल भुर्तेल, करन केसी र सोमपाल कामि प्लेयर अफ द म्याच घोषित भएका थिए। सिरिजमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले लगातर दुईवटा खेलमा शतकीय साझेदारी गर्दै नयाँ विश्वरेकर्ड बनाएका थिए।

यो पनि पढ्नुस 

IPL : पडीक्कलको शतक र कोहलीको किर्तिमान, बैंगलोरको लगातार चौथो जित

विश्वरेकर्ड बनाउन चुकेपछि करनले भने “हान्छु भनेको थिए तर बल राम्रो पर्यो।”

मलेसियासंग नखेलेका अविनाश कसरि भए प्रशिक्षक व्हाटमोरको लागि ‘म्यान अफ द म्याच’





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]