सुर्यकुमार यादवको अर्ध-शतक र क्रुनल पान्ड्यको विस्फोटक पारिमा मुम्बईको जित

  • विकेटनेपाल, बैशाख २२ – शनिबार

ईन्डियन प्रिमियर लिग अन्तर्गत किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीच भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले  प्रतियोगितामा तेस्रो जित हात पारेको छ। जितसंगै मुम्बई अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पन्जाब चौथौ स्थानमा यथावत रहेको छ।

इन्दोर मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिम पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि ओपनर क्रिस गेलले ५० रनको पारि खेल्ने क्रममा ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि लोकेश राहुल (२४रन) संग ५४ रनको साझेदारी गरे। त्यसैगरि अन्तिममा मार्कस स्टोईनिस्ले १५ बलमा  महत्पूर्ण २९ बनाएका थिए । जसक्रममा उनले २ चौका र २ छक्का प्रहर गरे। बलिंग तर्फ जस्प्रित बुम्रह, हार्दिक पान्ड्य, बेन कटिंग,मायांक मार्कांदे र मिचेल म्यक्लेगनले समान १-१ विकेट हात परे।

जवाफमा लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य हाशिल गर्यो। उसको जितमा सुर्यकुमार यादवले ५७ रनको (४२ बल, ६ चौका, ३ छक्का) योगदान गरे । उनले पहिलो विकेटका लागि एबीन लुइस(१० रन) संग ३८ तथा दोश्रो विकेटका लागि  इशान किशन(२५ रन) संग ४२ रनको साझेदारी गरेका थिए। २७ बलमा ५५रन चाहिएको अवस्थामा छैठौ नम्बरमा ब्याटिंग गर्न आएका क्रुनल पान्ड्यले मात्र १२ बलमा ३१ रनको विस्फोटक पारि खेल्दै टोलि लाई अन्तिममा सहज जित दिलाए। उनले पाचौ विकेटका लागि कप्तान रोहित शर्मा (२४ रन) संग अविजित ५६ रन जोडे । पन्जाबको बलिंगमा मुजीब उर् रहमानले २ विकेट आफ्नो नाममा पारे भने टाई र स्टोईनिस् ले १-१ विकेट चट्काए।

खेलमा म्याच जिताउ पारि खेलेका सुर्यकुमार यादव म्यान अफ दि म्याच घोषित भए।

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy