सुर्यकुमार यादवको अर्ध-शतक र क्रुनल पान्ड्यको विस्फोटक पारिमा मुम्बईको जित

  • विकेटनेपाल, बैशाख २२ – शनिबार

ईन्डियन प्रिमियर लिग अन्तर्गत किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीच भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई ६ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले  प्रतियोगितामा तेस्रो जित हात पारेको छ। जितसंगै मुम्बई अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पन्जाब चौथौ स्थानमा यथावत रहेको छ।

इन्दोर मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिम पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि ओपनर क्रिस गेलले ५० रनको पारि खेल्ने क्रममा ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि लोकेश राहुल (२४रन) संग ५४ रनको साझेदारी गरे। त्यसैगरि अन्तिममा मार्कस स्टोईनिस्ले १५ बलमा  महत्पूर्ण २९ बनाएका थिए । जसक्रममा उनले २ चौका र २ छक्का प्रहर गरे। बलिंग तर्फ जस्प्रित बुम्रह, हार्दिक पान्ड्य, बेन कटिंग,मायांक मार्कांदे र मिचेल म्यक्लेगनले समान १-१ विकेट हात परे।

जवाफमा लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य हाशिल गर्यो। उसको जितमा सुर्यकुमार यादवले ५७ रनको (४२ बल, ६ चौका, ३ छक्का) योगदान गरे । उनले पहिलो विकेटका लागि एबीन लुइस(१० रन) संग ३८ तथा दोश्रो विकेटका लागि  इशान किशन(२५ रन) संग ४२ रनको साझेदारी गरेका थिए। २७ बलमा ५५रन चाहिएको अवस्थामा छैठौ नम्बरमा ब्याटिंग गर्न आएका क्रुनल पान्ड्यले मात्र १२ बलमा ३१ रनको विस्फोटक पारि खेल्दै टोलि लाई अन्तिममा सहज जित दिलाए। उनले पाचौ विकेटका लागि कप्तान रोहित शर्मा (२४ रन) संग अविजित ५६ रन जोडे । पन्जाबको बलिंगमा मुजीब उर् रहमानले २ विकेट आफ्नो नाममा पारे भने टाई र स्टोईनिस् ले १-१ विकेट चट्काए।

खेलमा म्याच जिताउ पारि खेलेका सुर्यकुमार यादव म्यान अफ दि म्याच घोषित भए।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]