नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।
टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित १३ ओभरमा ४ विकेट क्षेतीमा १०७ रन बनाएको छ। वर्षाले खेल बीचमा रोकिएकोले डीएल मेथडको आधारमा मलेसियाले १३ ओभरमा १२० रनको लक्ष्य पाएको छ। नेदरल्याण्डले १०.२ ओभरमा ६८/३ को अवस्थामा रहंदा वर्षाले खेल लामो समय रोकिएपछि इनिंग्सलाई छोट्याएर १३ ओभरको बनाइएको थियो।
नेदरल्याण्डको सुरुवात खराब रहेको थियो। ओपनर तोबेस भीसे खाता नखोली पहिलो ओभरमा आउट भए। अर्का ओपनर विक्रमजित सिंह १ रन तथा सोहि ओभरमा बास दि लिडे खाता नखोली आउट हुँदा नेदरल्याण्ड २२/३ को अवस्थामा पुगेको थियो।
तेश्रो नम्बरमा ब्याटिंग गरेका बेन कुपरले चौथो विकेटको लागि कप्तान पिटर सिलारसंग ६० रनको साझेदारी गरे। ३१ बलमा ५ चौका मद्दतले ३७ रन बनाएर सिलार १२ औं ओभरमा आउट भए।
पाँचौ विकेटको लागि कुपरले एन्टोनियस स्टालसंग ८ बलमा १९ रनको साझेदारी गरे। शर्भीन मुनिएन्डीले गरेको १३ औं ओभरमा कुपरले २ चौका र स्टालले १ छक्का प्रहार गर्दा नेदरल्याण्डले १८ रन बनाउन सफल रह्यो।
कुपरले अविजित ५४ रन बनाए जुन क्रममा ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। एन्टोनियस स्टालले अविजित १० रन बनाए। कुपरले अघिल्लो खेलमा नेपाल बृद्ध पनि ५५ रन बनाएका थिए।
मलेसियाको बलिंगमा मुहम्मद वफिकले २ विकेट ( ३-०-१३-२ ) लिए भने पवनदिप सिंह ( ४-०-२६-१ ) र भीरनदिप सिंह ( १-०-६-१ ) ले समान १ विकेट लिए।
खेलमा नेदरल्याण्ड विजयी भएको खण्डमा नेदरल्याण्ड सहित नेपालको पनि फाइनलमा स्थान सुरक्षित हुनेछ। यदी मलेसिया विजयी भएको खण्डमा भने तिन वटै देशको फाइनल सम्भावना नेपाल र मलेसिया बीच बिहिबारको खेलले तय गर्नेछ।
धेरैले पढेको
https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/
https://wicketnepal.com/rukh-chadhera-khel-here-wn21/
https://wicketnepal.com/ipl-14-m13th-rep-wn21/