नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ।

यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ।

छनोटमा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। त्यसैको तयारीस्वरूप नेपालले दिल्लीसँग तीन अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दिएको हो।

क्यानका अनुसार चैत १२ देखि १६ गतेसम्म हुने खेल पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालमा हुनेछ।

पहिलो खेल चैत १२, दोस्रो खेल चैत १४ र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ। त्यसपछि यही टोलीले चैत २१ गतेदेखि अफगानिस्तानको यु–१९ टोलीसँग तीन खेलको सिरिज खेल्ने छ।

पहिलो खेल चैत २१, दोस्रो खेल चैत २४ र तेस्रो तथा अन्तिम खेल चैत २७ मा हुनेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्। क्यानले यसअघि नै नरेन भट्टलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]