मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी यु-१९ इस्टर्नको फाइनलमा

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ।

प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो। सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

खेलमा टस जितेर नेपालले बलिंग गरेपछि मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा लन्च ब्रेक अघि खेल सकाउने चक्करमा नेपालले शिर्ष ब्याट्सम्यानहरुको विकेट चाडै गुमाउन पुग्यो। ठुलो सट खेल्ने चक्करमा पवन सर्राफ, रित गौतम र खडक बोहरा आउट हुन पुगे।

पवनले १६ बलमा २ छक्का र १ चौका प्रहार गरे। अघिल्लो खेलमा शतक बनाएका रितले १४ बलमा ३ रन मात्र बनाए। पवन र रित दुवैलाई हैकल खैरले क्याच आउट गराए। खडक बोहरा खाता नखोल्दै आउट भए। ठुलो सट खेल्दा उनि मोहम्मद अमिरबाट बोल्ड भए।

त्यसपछि कप्तान रोहित पौडेल र भिम शार्कीले चौथो विकेटको लागि साझेदारी गर्दै नेपाललाई जित तर्फ डोर्याए।

रोहितले अविजित ३१ तथा भिमले अविजित ३३ रन बनाए। रोहितले २९ बलमा २ चौका र १ छक्का तथा भिमले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

Bhim Sharki

मलेसिया बलर हैकल खैरले २ विकेट ( ४-१-२०-२ ) तथा मुहम्मद अमरले १ विकेट ( ५-०-२६-१ ) लिए।

नेपाली स्पिनरको अघि मलेसियाले घुंडा टेक्यो, सागरको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले ४०.५ ओभरमा ८७ रनमा सबै विकेट गुमाएको थियो।

मलेसियाको लागि मुहम्मद आमिरले सर्वाधिक २४, हैकुल खैरले १२, वन अमिरुलले ११ तथा अहमद अकमलले १० रन योगदान दिए।

नेपालको बलिंगमा सागर ढकालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र १६ रन खर्चिए। चिनसंगको खेलमा पनि सागर एक्लैले ६ विकेट लिएका थिए। यस्तै कुशल मल्लले २ विकेट ( ९-५-१३-२ ) तथा कमल सिंह ऐरी ( ५-०-१४-१ ) र तिलक राज भण्डारी ( ६-२-१३-१ ) ले १/१ विकेट लिए। स्कोरकार्ड 

Tilak Bhandari

नेपालको लागि प्रतियोगितामा जित हात पार्नु महत्वपूर्ण रहेको छ। प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट/सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। श्रीलंकामा हुने एसिया कपको लागि पश्चिम क्षेत्रबाट कुवेत र युएई छनोट भईसकेका छन्। प्रतियोगितामा टेस्ट राष्ट्रका यु१९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]